0

राजधानीमा रहेर पत्रकारिता बिषयमा उच्च शिक्षा पढ्दै गरेका एक जना मित्रले आज विहान फोन गरेर सोध्नु भयो धादिङ जिल्लामा एउटा दैनिक पत्रिका निकाल्ने बिचार गरियो के छ तपाईको प्रतिकृया ? मैले तपाई आंफै यहि क्षेत्रको मान्छे अलि गहन अध्ययन गरेर निर्णय लिनुहोला भन्ने सुझाव दिएं । उहांको भनाई थियो राजधानीको आडैमा रहेको धादिङ जिल्लावाट एउटा व्यवसायिक दैनिक पत्रिका चलाउन सकिन्छ । तर त्यो पत्रिकालाई राजनैतिक दलको मुखपत्र र एनजिओको प्रचार सामाग्री वनाउन हुंदैन ,निष्पक्ष समाचार,स्वतन्त्र बिचार,खोजमुलक सामाग्री पस्कन सके दैनिक पत्रिका चलाउन सकिन्छ भन्ने ति मित्रको ठहर रहेछ । लौ सफलताको शुभकामना । निस्केर वन्द हुनुभन्दा ननिस्केकै राम्रो भन्ने मेरो सुझाव हो ।

Post a Comment

 
Top