सैतान भन्दै लोग्नेलाई मानसिक यातना
विराटनगर।महिला हिंसाको चर्चा सुन्छौ तर पुरुष हिंसाको बारेमा खासै चर्चा सुनि“दैन तर पुरुषवाट मात्र महिलाहरु मात्र पिडीत हुन्छन् भन्ने आम मान्यता भने गलत हुन पुगेको छ ।
विराटनगर १९ का खेम वहादुर लोहनी त्यस्ता पात्र हुन् उनी श्रीमति पिडीत व्यक्ति हुन् । उनले सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफ्नो पिडा सुनाए । एक छोरी र दुइछोराका वावु लोहनीले जेठा छोरा लाई एमविविएस ,कान्छो छोरा बैदेशिक रोजगार र छोरीलाई उच्च शिक्षा सम्मको अध्ययन गराएका छन् । श्रीमतिले धर्मपरिवर्तन गरेर क्रिश्चियन धर्म अगाले पछी हिन्दु धर्म मान्ने लोग्नेलाई सैतान भन्दै दुख दिन थालिन । त्यतिमात्र नभएर श्रीमति सुधा लोहनीले गुण्डा प्रयोग गरी श्रीमान खेम वहादुरलाई दैनिक दुख दिन थालीन ।
खेम वहादुर भन्छन् म दिनहौ मानसिक दवावमा रहेर काम गर्न वाद्य छु । सकेसम्म घरको कुरा वाहिर नल्याउ भन्ने उदेश्य थियो । सनराइज वोर्डीङ स्कुल विराटनगरका प्रिन्सिपल समेत रहेका खेमले भने धर्म र त्यसका नाइकेहरुले मलाइ दिनहौ दुःख दिइरहेका छन् ।
भएको सवै सम्पति विस्वासमा परेर श्रीमतिलाई दिए तर केही गुण्डाहरु संग मिलेर त्यो सम्पति गुमेको खेमले दुखेसो पोखे । श्रीमतिलाई डिभोस दे भन्दा महिलाहिंसामा पर्ने डरले गर्दा विगत ४ वर्ष यता घरमा हुने हिंसा सहेर वसेको खेमको भनाइ छ । खेमले भने हाम्रो कानुनले त्यस्तै भन्छ म पनि सहेर वसे ।मानसिक यातना सहन नसेके पछी पत्रकार सम्मेलन गरेको खेम बताउछन् ।
लोग्नेमान्छे भएर रुनु हुन्न.. गीतले पुरुषहरु जन्मजात बलियो र कठोर मनका हुन्छन् भन्ने आम मानिसको विचार चित्रण्ँ गरेकैले होला समाजमा पुरुषविरुद्धका हिंसा बारे खासै चर्चा सुनि“दैन जसका कारण पुरुष हिंसाका घटना वृद्धिहुदै गएको छ ।
Post a Comment