0

 खान सकेको करोडौं ?

हद हुन्छ नि ? कसरी खान सकेको करोडौं ?
अनुचित आर्थिक आशक्तताले अन्ततः आफैंमाथि अन्याय गर्छ भन्ने कुरा हल्चोकतिर पुष्टि हुँदैछ । मंसिर ४ को चुनावका निम्ति आएको रकममध्ये ९० करोड लुकाएर अहिले त्यसमध्येबाट ४५ करोड सञ्चार उपकरण खरिद गरेको देखाउने धन्दा चलिरहँदा बिपत्ति आइलागेको हो । अघिल्लो साता सहसचिव नेतृत्वको अख्तियार टोलीले त्यहाँ तेस्रोचोटि छापा मारेको छ ।
एसपी राजु सुवाल, प्रशासनतर्फ आइजिपीका पिए इन्स्पेक्टर बिनबहादुर कार्की र कोषराज मिलेर १० करोडको सामान किनी बाँकी बिल मिलाउन लागिएको सुइँको पाएपछि त्यही निहुँमा तर्साएर आफ्नो खर्च उठाउन लोकमानले घरिघरि सशस्त्रलाई कोतरिरहेको बताइन्छ । यसबीच, आइजिपी वन्तले आर्थिक प्रशासन प्रमुख कवीन्द्रमान श्रेष्ठलाई एकजना व्यापारीकहाँ आपूर्तिसम्बन्धी कारोबारका निम्ति छलफल गर्न पठाउँदा खप्की खानुपरेको छ ।

'तँ-तँ, म-म' को शैलीमा 'तेरो बोसलाई भन्दे, मसँग १० वर्षको योजना छ । योपछि यो आइजी हुन्छ, मैले दक्षिण अफि्रकामा एपिसी ठिक्क पारिसकेको बेला सनत बस्नेतले भारतको लक्ष्मी कम्पनीसँग मिलेर एक करोड तलमाथि गर्‍यो । म यस्ता कुनै धोकेबाजलाई क्षमा दिन्नँ । सशस्त्रका सारा ठेक्कापट्टा मैले पाउनुपर्छ । यो खबर त्यसलाई सुनाइदे' भन्दै हप्काएर पठाइएको स्रोतको दावी छ ।

Post a Comment

 
Top