0
गृहमन्त्री वामदेव गौतम अनैतिक होलान्, भ्रस्टाचारी होलान्, पतित होलान्, दुनियाँकै सबसे फटाहा र बदमास होलान्। यो आफ्नो ठाउँमा होला।
तर,
फेसबूकमा गृहमन्त्रीलाई 'गोलीले उडाइदिन्छु' भन्ने अमर्यादित अभिब्यक्ति दिने गृहमन्त्रालय मातहतकै एउटा शाखा अधिकृतको पक्षपोषण गरेर मान्छेहरूले कस्तो परिपाटी चाहेका हुन् कुनि ?
  • Kaushila Dahal कर्मचारीले पदीय आचर‌ण र हरेक नागरिकले व्यक्तिगत अाचरण नै भुल्न थालेपछि के बाँकी रहला र ....

  • Vishnu Pyakurel जे गरे राम्रै गरे नील जी । अति भै सक्यो के गरून् त ?

  • Madhav Paudel अराजकताको चरम नमूना हो । भीडतन्त्रका पक्षपाती देखिएका छन् सामाजिक संजालमा अधिकांश । भोलि बढुवामा अन्याय भो भनेर हवल्दारहरुले जुलुस निकाले त्यसले देश कता जाला ?

  • Ram Chandra Bhattarai गृहमन्त्रिको फोटोमा कमेण्ट गर्ने अधिकृत पक्राउ शिर्षकमा केटाहरुले बिहान बिहानै देखि ब्रेकिङ न्युज ठेलिरहेका छन् । ए पत्र(त्रु)कार कमरेडहरु कुरो त्यसो होइन रहेछ यार । फोटोमा कमेण्ट गरेकै आधारमा पक्रेको कुरो समाचारमा देखिदैन । 'बामेलाई पछाडीबाट गोली हान्नु पर्छ' भनेर कमेण्ट गर्न पाइन्छ त ? त्यो पनि सरकारी कर्मचारी भएर ।

  • Adhikari Bibhu

Post a Comment

 
Top