सिन्धुलीका तेह्र हजार महिलाको घरजग्गामा स्वामित्व
५ असार
सरकारले महिलाको नाममा घरजग्गा रजिस्ट्रेसन पासमा छुट गरेपछि सिन्धुली मालपोत कार्यालयमा आफ्नो नाममा घरजग्गा रजिस्ट्रेसन पास गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।
महिलाका लागि सरकारले घरजग्गा आफ्नो नाममा रजिस्ट्रेसन पास गर्दा सहरी क्षेत्रका महिलाका लागि २५ र ग्रामीण क्षेत्रका महिलाका लागि ३० प्रतिशत राजस्व छुट दिँदै आएको मालपोत कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार राजस्व छुट हुँदा सर्वसाधारणले राहत पाउनुका साथै घरजग्गा लगायतका अचल सम्पत्तिमा महिलाको स्वामित्वमा वृद्धि भएको छ । गत चार वर्षदेखि हालसम्म जिल्लामा १३ हजार ५३२ जना महिलाको नाममा घरजग्गा पास भएको कार्यालयका प्रमुख किरणकुमार भट्टराईले जानकारी दिनुभयो ।
“विगत चार÷पाँच वर्षअघि सम्म महिलाको नाममा घरजग्गा दर्ता गराउने विरलै मात्र भेटिन्थे”–प्रमुख भट्टराईले भनुभयो–“पछिल्लो समय सरकारले दिएको राजस्व छुट र सामाजिक चेतनासँगै आएको परिवर्तनले जिल्लामा महिलाको नाममा घरजग्गा राजिस्ट्रेसन गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।” यसले महिलाको आर्थिक तथा सम्पत्ति समित्वमा वृद्धि गरेको छ ।
गत एक वर्षमा मात्र जिल्लाका एक हजार ७३६ जना महिलाले आफ्नो नाममा घरजग्गा स्वामित्वसहितको राजिस्ट्रेसन पास गराएका छन् । सहरी क्षेत्रमा ६०३ जना र ग्रामीण क्षेत्रका ९४३ र ९० जना दलित महिलाको नाममा घरजग्गा दर्ता भएको र गत वर्षको तुलनामा झन्डै ४० प्रतिशतले बढी भएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०६६÷०६७ देखि ०६९÷०७० सम्ममा आठ हजार ३२ र आर्थिक ०७०÷७१ मा एक हजार ७३६ जना महिलाको नाममा घरजग्गा राजिस्ट्रेसन पास भइसकेको कार्यालयले जनाएको छ । ।
सरकारले ७० वर्षमाथि उमेरका वृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिलासरह राजस्वमा छुट दिने व्यवस्था रहेको भए पनि जिल्लामा यस्तो उमेरमाथिका नागरिकको नाममा रजिस्ट्रेसन पास भने शून्य झैँ रहेको छ ।
आर्थिक वर्ष ०६४÷०६५ बाट शेषपछिको बकसपत्र, दानपत्र र धितो बन्दकीबाहेकका महिलाको नाममा राजिस्ट्रेसन पास हुने घरजग्गामा सरकारले यस्तो सुविधा दिँदै आएको कार्यालयले जनाएको छ ।
Post a Comment