गोदरेजले कपाल कालो ? के हुँदोरहेछ परिणाम
तर उनले सोँचेभन्दा ठीक उल्टो भयो, गोदरेजको रंग लाएपछि उनको छालामा नकारात्मक असर देखाउन थाल्यो । कपालको छाला पूरै डढ्यो भने उनको आँखाहरु पुरै सुन्नियो, त्यसपछि उनी बेहोस् जस्तै भए । ‘त्यो लगाएपछि म त वेहोस् जस्तै भएछु । पछि कसले अस्पतालमा लगेर उपचार गराएपछि मात्र होस आयो,’ क्षेत्रीले बताए ।
उक्त कम्प्लेक्समा नै रहेकी पूर्व मिस नेपाल तथा ब्युटिसियन रुवी राणा शाहले दिएको जानकारी अनुसार यस्ता सामग्रीमा पाइने एसिड र अन्य रसायनले गर्दा यस्तो भएको बताइन् । ‘जस्तो सुकै ठूलो ब्राण्ड भएपनि मानिसले सावधानी अपनाउनु पर्छ,’ उनले भनिन् । कहिलेकाँही डुप्लिकेट सामग्रीले पनि यस्तो परिणाम देखिने उनले बताइन् ।
उनका अनुसार क्षेत्रीलाई सर्वाङ अस्पतालमा उपचार गरिएको थियो । उपचारमा १२ हजार रुपैयाँ खर्च भएको थियो । हाल भने उनको स्वास्थ्यमा सुधार आएको छ ।
Post a Comment