0

शान्ति सुरक्षा नभएको भनि कमेन्ट लेख्ने युवा १९ दिनदेखि हिरासतमा

facebook_icon-300x300,असार६–
सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति दिने सप्तरी पोर्ताहाका युवा व्यापारी अव्दुल रहमानलाई सप्तरी प्रहरीले १९ दिनदेखि हिरासतमा राखेको छ । बिद्युत्रिय कारोवार ऐनअनुसार कारबाही गर्न उनलाई बुधबार काठमाडौं पठाइएको छ ।
फेसबुकमा पोष्ट भएको नागरिक दैनिकको पुर्वेली संस्करणमा १७ जेठमा प्रकाशित ‘सप्तरीमा सुध्रिदो सुरक्षा,दर्जनबभन्दा बढी मोष्ट वान्टेड पक्राउ,३० प्रहरीलाई कारबाही’ शीर्षक समाचारको कटिङमा कमेन्ट गरेका आधारमा रहमानलाई १८ जेठ दिउँसो पक्राउ गरिएको हो । उनले १७ जेठकै राति ९ बजेर २४ मिनेटमा फेसबुकमा कमेन्ट लेख्दै लेख्दै भनेका थिए–के को सुध्रिनु,आफ्नै चोरी भएको बाइक फिर्काउन पैसा तिर्नु परेको छ,त्यो पनि पचास हजार’
रहमानलाई राजविराजस्थिच उनको पसलबाट केही प्रहरीले ‘तपाइलाई एसपी साहेवले बोलाउनुभएको छ’भनी जिल्ला प्रहरी कार्यालय लगेका थिए । उनीमाथि १९ जेठमा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान थालेको थियो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयले रहमानको कमेन्टले प्रहरीको मनोवल घटेको र मानहानी भएको भन्दै विद्युतिय कारोवार ऐनअन्तर्गत रहमानलाई पक्राउ गरी कारबाही बढाएको हो ।
प्रहरीसँगको बयानमा रहमानले आफुलाई एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परेको बताएको र त्यही कुरा फेसबुकमा लेखे पनि कसैको नाम उल्लेख नगरेको बताएका छन् ।

Post a Comment

 
Top