अग्लुङ्गमा गएको भिषण पहिरोमा परि एकै परिवारका नौ जनाको मृत्यु
' '
असार६–
गएराति गुल्मीको अग्लुङ्गमा पहिरोले घर बगाउँदा एकै परिवारका
९ जनाको मृत्यु भएको छ । अग्लुङ्ग गाविस वडा नम्वर ८ का भविलाल कुँवरको घर पहिरोले बगाउँदा उनी सहित उनका ९ जना परिवारको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा भविलाल कुँवरकी श्रीमति चेपीकला कुँवर, बुहारी सिता कुँवर, नाती चेतनाथ कुँवर , नातीनीहरु हरिकला कुँवर, विन्दु कुँवर , भिमी कुँवर, विपना कुँवर र माईती आएकी उनकी जेठी छोरी जुठी विष्ट रहेका छन् ।
प्रहरीका अनुसार गए रातीको अविरल वर्षाका कारण अग्लुङ्ग वडा नम्वर २ र ४ मा पनि अन्य ४ घर बगाएको छ । छिमेकी जिल्ला प्युठानमा पनि गए रातीको अविरल वर्षाले ठुलो क्षति भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले भने घटना स्थलको विवरण लिदै गरेको जनाएको छ ।

Post a Comment