मोदी नेपाल आउनु अघि पुर्व राजा ज्ञानेन्द्र शाह भारत जाने, भ्रमणको चांजोपांजो मिलाईदै
पूर्व राजा ज्ञानेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु अघि नै भारत जाने तयारी गरिरहेका छन् । उनी आगामी असार महिना भित्र भारत जाने प्रयास गरिरहेका छन् । भारतीय नेताहरुसित ज्ञानेन्द्रको भेटघाटको बन्दोबस्त मिलाउन प्रयास भइरहेको स्रोतको भनाइ छ । भारतीय नेताहरुसित भेटघाट हुने स्थिति आए ज्ञानेन्द्रको भारत भ्रमण तय हुने ज्ञानेन्द्र निकट व्यक्तिहरुले बताएका छन् । भारतीय नेताहरुसितको भ्रमण तय नभइसकेकोले ज्ञानेन्द्र निकट व्यक्तिहरुले भारत भ्रमणको बारेमा केही बोलेका छैनन् । भारतमा मोदी प्रधानमन्त्री भए पछि नेपालका राजाबादीहरु उत्साहित भएका छन् । मोदीले नेपालमा हिन्दु राष्ट्र स्थापित गर्न बल पु(याउने र त्यसैको भरमा राजतन्त्र पनि कुनै हदसम्म फर्कन सक्ने अनुमान उनीहरुले गरेका छन् । त्यसैले मोदी नेपाल आउनु अघि नै ज्ञानेन्द्रलाई भारत पु(याएर आफनो कुरा राख्न लगाउने प्रयासमा ज्ञानेन्द्रका केही निकट व्यक्तिहरु लागेका हुन् । शासन सत्ता गुमाए पछि ज्ञानेन्दले पटक पटक भारत भ्रमण गरेका छन् । भारतको भ्रमण निजि भएको बताइए पनि भारत भ्रमणको बेला उनले केही भारतीय नेताहरुलाई भेटघाट गर्ने गरेका छन् । केही दिन अघि मात्र भारतका नेता करण सिंह नेपाल आएर फर्केका छन् । आगामी साउनमा भारतीय प्रधानमन्त्री नेपालमा आउने चर्चा छ । उता, केही राजाबादीहरुले सभामुख सुवास नेम्वाङसित आगामी संविधानमा राजतन्त्रको स्थान राख्न माग गरेका छन् । यसरी माग राख्न गएका राजाबादीहरु संग सभामुखले भेटेका भने छ्रैनन् । सभामुखले भेटन नमाने पछि राजाबादीहरुले सभामुखको कार्यलयमा निबेदन दर्ता गराइ फर्केका थिए ।
Post a Comment