विद्यालय खारेजीको सुचना आएपछि तनाव
४ फागुन
- एसएलसी परीक्षाको तयारीमा जुटेका विद्यार्थी र उनीहरुका अभिभावकले सोमबार जिल्ला शिक्षा कार्यालय भक्तपुरमा घेराउ गरेका छन् ।
जिशिका भक्तपुरले चार दिनअघि जारी गरेको विद्यालय खारेजीको सूचनाले एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा परीक्षा नै दिन नपाइने हो कि भन्ने तनाव फैलिएपछि उनीहरुले कार्यालय घेराउ गरेका हुन् ।
जिशिका भक्तपुरले चार दिनअघि जारी गरेको विद्यालय खारेजीको सूचनाले एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा परीक्षा नै दिन नपाइने हो कि भन्ने तनाव फैलिएपछि उनीहरुले कार्यालय घेराउ गरेका हुन् ।
आफू अध्ययनरत विद्यालयको नामसँग ठ्याक्कै मिल्ने नामको विद्यालय खारेजीको सूचना तथा समाचार आएपछि एसएलसी परीक्षाबाट वञ्चित हुनुपर्ने डरले विद्यार्थी र अभिभावकमा चार दिनदेखि त्रास फैलिएको थियो ।
जिल्लाको अनन्त लिंगेश्वर नगरपालिका–१२ साविकको दधिकोट गाविस–४ क्वाछेंमा रहेको शङ्खधर मेमोरियल स्कुलका विद्यार्थी एवम् अभिभावकमा त्रास र तनाव फैलिएपछि सोमबार करिब तीनसय जनाले बिहान १० बजेदेखि नै जिशिका घेराउ गर्दै खारेजी प्रक्रियाबारे स्पष्ट गर्न माग गरेका थिए ।
कार्यालयले केही दिनअघि जारी गरेको सूचनामा मध्यपुरथिमि नगरपालिका–४ नगदेशमा सञ्चालनका लागि अस्थायी अनुमति लिएर हालसम्म सञ्चालन नै नगरेको शङ्खधर मेमोरियल स्कुल खारेजी प्रक्रिया अगाडि बढाएको जनाएको थियो ।
कार्यालयले जारी गरेको सूचनाको प्रत्यक्ष मार भने लामो समयदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको थिमि नगरपालिकाको सिमानासँगै जोडिएको दधिकोटको शङ्खधर मेमोरियल स्कुलका सञ्चालक,विद्यार्थी र अभिभावकले भोग्नुपरेको छ । विद्यालयका प्राचार्य मदनसुन्दर श्रेष्ठले कक्षा १० सम्म सञ्चालन रहेर अहिलेसम्मको एसएलसी परीक्षामा शतप्रतिशत नतिजा ल्याएको शङ्खधर मेमोरियल स्कुल नै खारेजी हुन लागेको भ्रमले तनाव सिर्जना भएको बताए ।
कार्यालय घेराउसँगै निमित्त जिल्ला शिक्षा अधिकारी कोमल घिमिरे विद्यालयका प्राचार्य श्रेष्ठ, अभिभावक र विद्यार्थी सम्मिलित वार्तापछि खारेजीको प्रक्रियामा गएको विद्यालयको सम्पूर्ण विवरण खोजी गरिने र दधिकोटस्थित हाल सञ्चालनमा रहेको विद्यालयलाई खारेजीको सूचनाले कुनै असर नगर्ने व्यहोरासहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।