1

पूर्वराजासँग कुनै सम्झौता भएको छैन-  प्रचण्ड

- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको स्पष्ट गर्नुभएको छ ।

 काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पूर्वराजा ज्ञानेन्द्रको जवाफ नेपाली काँग्रेस र नेकपा—एमालेले नै दिनुपर्छ भन्नुभयो ।

पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले आपूmलाई संविधानसभाबाट धकेलेर जनताकाबीचमा पु¥याएको भन्दै उहाँले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद पनि दिनुभयो ।

अध्यक्ष दाहालले तत्कालीन भट्टराई सरकार रहेका बेला काँग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा काँग्रेस र एमालेले लिएको बताउनुभयो ।

अध्यक्ष दाहालले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताउनुभयो ।

महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताउनुभयो ।

यसअघि, क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वार्ताको वातावरण बनाउन आन्दोलन गर्न लागेको बताउनुभएको थियो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top