1

गलकोट क्षेत्रमा पर्यटन विकास तिब्र

 बागलुङको गलकोट क्षेत्रमा पर्यटन विकासको कामले तीव्रता पाएको छ । पर्यटक भित्र्याउन सरकारी र स्थानीय तहबाटै पहल अगाडी बढाईएको हो ।

गलकोट क्षेत्रका मुख्य पर्यटकीय गन्तब्य पहिचान गर्ने, प्रचार प्रसार गर्ने, पूर्वाधार निर्माण गर्ने लगायत अन्य पर्यटन प्रवद्र्धनका काम भइरहेको छन् । दुई वर्षअघि बनेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले पर्यटकीय पूर्वाधार निर्माणका लागि मुख्य अगुवाई गरेको छ । यो वर्ष मात्रै सरकारले गलकोटको पर्यटन विकासका लागि  पच्चीस लाख रुपैयाँ बजेट छुट्याएको छ । विनियोजित बजेट र स्थानीयको समेत लगानीमा पूर्वाधार निर्माणअघि बढ्ने चरणमा छ । यसैवर्ष पर्यटकीय घुम्टे लेक, गाइघाटको झरना र ऐतिहासिक सिद्धथान मन्दिरमा पूर्वाधार निर्माणको काम हुने केन्द्रले जनाएको छ ।

पर्यटन मन्त्रालयले छुट्याएको रु पच्चीस लाख बजेटमध्ये घुम्टेको लागि  १५ लाख, गाईघाटको झरनालाई  सात लाख र सिद्धथान मन्दिरको लागि  तीन लाख विनियोजन भएको केन्द्रका अध्यक्ष झकबहादुर बस्नेतले जानकारी दिनुभयो ।  झण्डै्र  ३ हजार ५०० मिटरको उचाइमा अवस्थित घुम्टेको लेकमा गत वर्षनै पदमार्ग खोल्ने काम पूरा भएको छ । यो वर्ष आएको बजेटबाट गोठथरीदेखि घुम्टेको धुरीमा रहेको सिद्ध–भैरबको मन्दिरसम्म स्लेट ढुङ्गा बिछ्याइने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै मन्दिर परिसरको स्तरोन्नति गरिने उहाँको भनाइ छ । हरिचौर, अमरभूमि र हिल गाविसको दोभानमा पर्ने गाइघाट झरनालाई पर्यटकीय गन्तब्य बनाउन कामअघि बढाइने अध्यक्ष बस्नेतले बताउनुभयो । ‘गाइघाटको झरना गलकोट गहना हो, यसको उचित प्रचार प्रसार हुनसकेको छैन’ बस्नेतले भन्नुभयो ‘यसलाई व्यवस्थित बनाउने, प्रचार प्रसार गर्ने र आवश्यक पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाउँदैछौं ।’

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top