हीरारत्न जलविद्युत् आयोजनाप्रति नुवाकोटका स्थानीयको आपत्ति
५ फागुन
- नुवाकोटमा निर्माण गर्न लागिएको ५ मेगावाट क्षमताको हीरारत्न जलविद्युत् आयोजनाप्रति स्थानियले आपत्ति जनाएका छन् ।
जिल्लाको शिखरबेँसी गाविस–३ कुतुङ दोभानमा बाँध तथा समुन्द्रटार गाविस–३ गर्तिरमा विद्युत् गृह बनाउन लागिएको हीरारत्न जलविद्युत् आयोजनाको स्थानीयवासीले आपत्ति जनाएका हुन् । ऐतिहासिक तीर्थस्थल दुप्चेश्वर महादेवको मन्दिर परिसर भएर बग्ने सूर्यमति नदीको बहाव कायमै राख्नुपर्ने भन्दै स्थानियले आपत्ति जानाएका हुन् ।
मन्दिर पसिरमा हिजो आयोजना गरिएको हीरारत्न हाइड्रो पावर प्रालिको विशेष साधारणसभा तथा निर्माण कार्य शुभारम्भ कार्यक्रममा बोल्दै स्थानीयवासी तथा सरोकारवालाहरूले नदीको बहाव परिवर्तनवारे पुनःविचार गर्न माग गरेका छन् । उनीहरूले गृहमन्त्री वामदेव गौतम समक्ष गुनासो गरेका हुन् ।
स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले आयोजनाको निर्माणको सर्वेक्षण ‘पिपिए’को जानकारी नै नदिएको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा आयोजना क्षेत्रभित्र धार्मिकस्थल नै नपर्ने भनी झुठो विवरण पेस गरेकामा आपत्ति जनाएका छन् ।
शिखरबेँसीका समाजसेवी भेषबहादुर सिटौलाले आफूहरू आयोजनाको विरोधी नरहेको तर, आयोजनाको निर्माणले ऐतिहासिक तीर्थस्थल दुप्चेश्वर मन्दिर अगाडि सूर्यमति नदीको बहाव यथावत् कायमै हुनुपर्ने अडान कुनै पनि हालतमा छाड्न नसक्ने बताउनुभएको छ ।
समाजसेवी सिटौलाले अन्य स्थानमा निर्माण भएका आयोजनाले सहमतिको कार्यान्वन नगरी नदीलाई बगरमा परिणत गराइदिएको स्मरण गर्दै हीरारत्न आयोजनाको निर्माणले दुप्चेश्वर मन्दिर अगाडि सूर्यमति नदीलाई बगर बनाउन लागेको भन्दै भगवान्को दर्शन गर्न जाने तीर्थयात्रुले नुहाएर जानका लागि मन्दिर अगाडि भने बढी नदीको पानी बग्न दिनुपर्ने बताउनुभएको छ ।
यस्तै, नेपाली काँग्रेस शिखरबेँसीका प्रतिनिधि दिनेश पण्डितले आयोजना निर्माणको प्रारम्भिक सर्वेक्षणको समयमा ३३ प्रतिशत पानीको निर्वाध बग्ने व्यवस्था कार्यान्वयन गर्न लिखित प्रतिबद्धता आउनुपर्ने बताउनुभएको छ ।
काँग्रेस प्रतिनिधि पण्डितले आयोजना निर्माण गर्ने कम्पनीले प्रभावित स्थानीय क्षेत्रमा विकासको पूर्वाधारको निर्माण, हिन्दू धर्मको पवित्र आस्थाको केन्द्र दुप्चेश्वर महादेव मन्दिरको पूर्वाधार विकास र नदीमा एक तिहाइ पानी निर्वाध रुपमा बग्न दिने लिखित प्रतिबद्धता नआए आयोजना निर्माण गर्न नै नदिने बताउनुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोट सभापति एवम् सभासद् जगदीश्वरनरसिंह केसीले आयोजनाको निर्माण गरी विकासको गति अगाडि बढाउनु सकारात्मक कार्य भए पनि बहुचर्चित आस्थाको केन्द्र दुप्चेश्वर महादेवको अस्तित्व बचाउनुपर्ने बताउनुभएको छ । भगवान्को मन्दिर अगाडि सूर्यमति नदीको बहाव कायमै राख्नुपर्ने उहाँले बताउनुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।