दृष्टिविहीनको पीडा: ‘पढ्दै त छौँ तर लेख्न केही छैन’
५ फागुन
- दुई दाजुभाइको अकालमै मृत्य भएर परिवार नै विरक्तिएपछि कञ्चनपुरको कृष्णपुर–२ वाणिका १२ वर्षीया दृष्टिविहीन बालिका शान्ति धामीले बाल्यकालमा विद्यालय देख्न पाइनन् ।
“स्कुल जाने उमेरमा दुईभाइको उपचार गर्न नसकेर मृत्यु भयो,” वाणि बजार छेउमै हालै खुलेको दृष्टिविहीन विद्यालयमा पढ्दै गरेकी शान्तिले अहिले आएर पढ्न त इच्छा देखाइन् तर त्यो इच्छालाई अभावले च्यापेको छ ।
डेढ महिनाअघि स्थानीय अपाङ्ग एकता समाजले डेढ महिनाअघि दृष्टिविहीनको अध्यापनका लागि स्थापना गरेको विद्यालयमा शान्ति जस्तै आठजना दृष्टिविहीन अक्षर चिन्न खोज्दैछन् । तर सुरुवातदेखि नै विभिन्न समस्या झेलिरहेका दृष्टिविहीनले अध्ययनका लागि शैक्षिक सामग्री हेर्नसमेत पाएका छैनन् । धनगढीस्थित पञ्चोदय उच्च माविमा अध्ययन गरेका दृष्टिविहीन हरिश नेपालीले विद्यालयमा आएकाहरूलाई मौखिक कक्षा दिइरहेको भए पनि उनीहरूसित अरु पढ्ने सामग्री छैन ।
“ब्रेललिपि, सिलेडहरू आवश्यक थियो,” स्थानीय घर भएका शिक्षक नेपालीले भन्नुभयो, “स्कुल त खुल्यो, शैक्षिक सामग्री भएन ।”
वाणि बजारमा दुई हजार ५०० चन्दा सङ्कलन गरेका दृष्टिविहीनहरू सङ्गठित भई विद्यालय खोले पनि धेरै समस्या रहेको अपाङ्ग एकता समाजका अध्यक्ष करन साउदले बताउनुभयो ।
“सिङ्गो देश साक्षर भइरहेका बेला हामी अपाङ्गहरू पनि पढौँ भनेर लागेको हौँ,” अध्यक्ष साउदले भन्नुभयो – “तर कहीँ कतैबाट सहयोग पाइएला जस्तो छैन ।” विद्यालय स्थापना गर्दा स्थानीय सामुदायिक वन तथा बजारका व्यापारीले सहयोग गर्ने आश्वासन दिएपछि आफूहरूले मिलेर विद्यालय स्थापना गरेको साउदले बताउनुभयो । “यहाँ पढ्ने विद्यार्थीलाई बस्ने, खाने पनि व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो – “अहिले बजारमा उधारोमा काम चलाएका छौँ ।”
वाणि बजारमा तीनकोठे घर भाडामा लिएर दृष्टिविहीनले विद्यालय चलाएका छन् । अहिले यहाँ मौखिक रुपमा साङ्केतिक भाषामा पढाइ भइरहेको छ ।

“सिलेड, ब्रेललिपिहरू यहाँ पाइँदैन,” अध्यक्ष साउदले भन्नुभयो, “कहीँबाट सहयोगमा पाइए पनि तत्कालको काम रोकिँदैन थियो ।” हाल स्कुलमा पाँच महिला र तीन पुरुष कक्षा लिइरहेका छन् ।
“दृष्टिविहीनहरूका लागि यहाँ स्कुल नै भएन” शिक्षक नेपालीले भन्नुभयो, “लालपुरमा छ तर १० जनाभन्दा बढी राख्दैनन् ।” उहाँले वाणिमा विद्यायल खुलेको थाहा पाएपछि जिल्लाको अन्य क्षेत्रबाट पनि दृष्टिविहीनहरूले आउने चाहना देखाइरहेको जानकारी दिनुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।