पर्यटक खोज्दै ‘गुरिल्ला मार्ग’
महेश केसी
-टलक्क टल्केका सेताम्मे हिमाल, मनै छुने झरना र ताल अनि उत्तिकै मनोरम घाँसे बुट्यान समग्रमा अथाह प्राकृतिक सम्पदाको धनी ५२ पोखरी ५३ टाकुरीको उपनामले प्रख्यात पर्यटकीय जिल्ला रुकुम अब अर्को नामले पनि चिनिदै छ, त्यो हो युद्ध पर्यटन । लामो समय सशस्त्र युद्धले थिलथिलो बनेको रुकुमलाई तत्कालीन युद्धमा सिपाहीका पदचापहरू परेको पैदल मार्गलाई गुरिल्ला मार्गका रूपमा प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन थालिएको छ ।
रुकुम र सल्यानको सिमानामा पर्ने सिमाना बजार खौलाबाट सुरु भएर खाराको बस्ती, डल्सिंगेको मनोरम घना जंगल पार गर्दै चुनवाङबाट रुकुमकोट हुँदै अगाडि बढ्ने यो मार्ग जिल्लाकै पूर्वी भेगमा रहेका सुन्दर मगर बस्तीहरू तकसेरा, क्राक्री, महतबाट रुकुमकोट, पोखरा, पीपल, बाफीकोट अनि आठबीसकोट हुँदै जाजरकोटबाट सुदूरपश्चिम दार्चुलासम्म जोड्ने पदमार्ग हो ।
सशस्त्र द्वन्द्वको उद्गम स्थलको रूपमा चिनिने र द्वन्द्वमा माओवादीले आफ्ना विभिन्न भूमिगत गतिविधि सञ्चालन गरेका विभिन्न स्थान अब युद्ध पर्यटनको रूपमा विकास हुँदै छन् । नेपालमा सशस्त्र द्वन्द्वको सुरुआतमा पहिलो पटक माओवादीद्वारा एकै दिन आक्रमण गरिएका प्रहरी चौकीहरू रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी अनि रुकुमको आठबीसकोट थिए । पहिलो पटक आक्रमण गरिएको आठबीसकोट प्रहरी चौकीलाई पश्चिम केन्द्र बनाएर माओवादीको आधार क्षेत्र रुकुमका धेरै ग्रामीण क्षेत्रलाई समेटेर गुरिल्ला मार्गको रूपमा विस्तार गरिएको छ । तत्कालीन समयमा माओवादीले प्रयोग गर्ने रुटहरूलाई आधार मानेर जिल्लाको युद्ध पर्यटनलाई विकास गर्नका लागि एक विज्ञ टोलीले तयार पारेको गुरिल्ला मार्गको नक्सांकन र अवधारणलाई हेर्ने हो भने यहाँ प्राकृतिक सौन्दर्यताले सजिएका प्राकृतिक सम्पदाहरू पनि गुरिल्ला पदमार्गभित्र नै समेटिएका छन् ।
गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी सेनाहरूले प्रयोग गर्ने मुख्य रुटहरू भएको बताइन्छ । यो रुटमा साना–ठूला सुन्दर डाडाँहरू, प्राकृतिक छटाहहरूसँगै जिल्लाकै सुन्दर पर्यटकीय सम्पदाहरू स्यार्पुताल, कमल ताल, सिस्ने हिमाल, पुथा हिमाललाई नियाल्दै नागबेली भएर बग्ने सानीभेरी नदीको तीर हुँदै यो यात्रा अगाडि बढ्छ । एकै दिन १५ जना निर्दोष नागरिको राज्य तर्फबाट हत्या भएको र सिंगो गाउँ नै जलाइएको खारा जो अहिले नमुना शान्ति गाउँको रूपमा विकसित हुँदै छ ।
सोही गाविसमा रहेको नेपाली सेनाको ब्यारेक जहाँ माओवादीले दुई पटक आक्रमण गर्दासमेत असफल भएपछि माओवादीले ‘बँदलेको ब्यारेक’ पनि भन्ने गरेको छ, यही ब्यारेकको भिडन्तमा माओवादीले पराजय बेहोरेपछि नै उसले शान्ति प्रक्रियाको बाटोतर्फ उन्मुख भएको भनिन्छ । खारा झुल्नेटा हुँदै यो रुटबाट मुसुक्क हाँसेर टलक्क टल्केको सिस्ने हिमाल, धौलागिरि हिमाल तथा तराईका केही फाँटहरूसमेत देख्न सकिन्छ । संरक्षणको अभावमा माओवादी शान्ति प्रक्रियामा प्रवेशसँगै केही नमुना भनिएका भौतिक संरचनाहरू भत्केर गए पनि बंकर तथा टनेलहरू अझै पनि यी क्षेत्रहरूमा देख्न सकिन्छ ।
यसका साथै तत्कालीन द्वन्द्वमा घटेका ठूला–ठूला घटना र माओवादीले युद्धकलाको अभ्यास गर्न प्रयोग गरेका सैन्य तालिम केन्द्रहरू पनि यसै रुटमा सञ्चालन भएका थिए जो यस क्षेत्रमा पदयात्रा गर्दा देख्न र भेट्न सकिन्छ । जनसेनाको ठूलो तालिम केन्द्र, तत्कालीन समयमा सञ्चालनमा आएको भूमिगत रेडियो प्रसारण क्षेत्रलगायत माओवादीले युद्धताका पीटी–परेड खेलेका स्थानहरूमा यात्रा गर्न सकिने भएकाले प्रत्यक्ष रूपमा युद्धभूमिसँगको सामीप्यता नै यो मार्गको विशेषता भएको रुकुमका स्थानीय विकास अधिकारी तथा जिल्ला पर्यटन समन्वय समितिका अध्यक्ष भरतकुमार शर्मा बताउँछन् । दशक लामो युद्धका बेला प्रत्याक्रमणका लागि तत्कालीन माओवादीले युद्धमा सहभागी हुँदा यसै क्षेत्रबाट विभिन्न सैन्य तयारी गर्दा निर्माण भएका संरचनाहरूको भग्नावशेषलाई पनि यस क्षेत्रमा घुम्दा देख्न र भेट्न सकिन्छ ।
युद्धकै कारण विकास गरिएका विभिन्न संरचनाको अध्ययन एवं अवलोकन गर्दै विभिन्न पर्यटकीय स्थलमा घुमघाम गर्दा हरेक पदयात्रीलाई एउटा फरक खालको आनन्द प्राप्त हुने धारणा छ, रुकुमका पर्यटनकर्मी गोपाल केसीको । केसी भन्छन्, ‘गुरिल्ला पदमार्ग तत्कालीन युद्धको बारेमा जिज्ञासाले कुतकुत्याइरहेकाहरूका लागि एउटा खुला किताब हो, जहाँबाट धेरै कुरा प्रत्यक्ष अनुभव हुन्छ ।’ पर्यटकीय दृष्टिले मात्र नभएर पछिल्नो पुस्तालाई तत्कालीन युद्धबारे जानकारी र सूचना दिन पनि गुरिल्ला मार्गको अवधारणा अगाडि सारिएको भनाइ छ, हाल एकीकृत नेकपा माओवादी रुकुमका अध्यक्ष रहेका र युद्धताका प्रत्यक्ष युद्धमा सहभागी भएका जनमुक्ति सेनाका कमान्डर गोपाल शर्माको । शर्मा भन्छन्, ‘गुरिल्ला मार्गबाट प्राकृतिक सौन्दर्यताको अपार आनन्द लिनुका साथसाथैै यी स्थलमा यात्रा गर्दा धेरैलाई तत्कालीन युद्धको बारेमा जानकारी प्राप्त हुनेछ ।’
पर्यटनका लागि नयाँ गन्तव्य स्थलहरूको खोजी भइरहेको हालको अवस्थामा यसरी गुरिल्ला पदमार्गको अवधारणा तयार भएर सार्वजनिक भएको छ । गुरिल्ला पदमार्गको रूपमा जिल्लाका विभिन्न क्षेत्रलाई छनोट गर्दा प्रमुख पर्यटकीय स्थलहरू पनि समावेश गरिएकाले जिल्लाको पर्यटन विकासमा धेरै सहयोग हुने आशा गरिएको छ । जिल्लाको पर्यटनलाई केन्द्रसँग जोड्दै विकास गर्नका लागि जिल्ला स्तरबाट विभिन्न काम पनि योजनाबद्ध रूपमा अगाडि बढिरहेका छन् । यसै क्रममा पर्यटन विकास गुरु गोजनासमेत बनिसकेको र अब चाँडै नै यो योजनालाई कार्यान्वयन गरिने स्थानीय विकास अधिकारी शर्माले जानकारी दिएका छन् । रुकुमलाई युद्ध पर्यटनको रूपमा विकास गर्न रुकुमका माओवादी नेताहरूसँगै अन्य राजनीतिक दलहरू पनि अग्रसर भएका छन् । पर्यटनको नयाँ अवधारणा युद्ध पर्यटनले सफलता पाएमा यहाँका स्थानीय जनताहरू पर्यटन व्यवसायमा आकर्षित हुने र यसले जिल्लाको आर्थिक अवस्थासमेत माथि उठ्ने आशा गरिएको छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्तीहरू पनि छुने भएकाले द्वन्द्वपीडित मानिसहरूको वेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरहरूको बारे शिक्षासमेत दिनेछ, जसले आगामी दिनमा कोही पनि सशस्त्र युद्धका लागि तयार नहोस् ।
गुरिल्ला पदमार्गलाई तीन खण्डमा विभाजन गरिएको छ । यसमध्ये रुकुमको यो मार्ग एउटा खण्ड हो जो अरूभन्दा अलि धेरै ऐतिहासिक र रमणीय छ । यस मार्गमा सबैभन्दा छोटो पदयात्रा १४ दिनको छ भने सबैभन्दा लामो पदयात्रा २७ दिनको रहेको छ । पदयात्राका क्रममा हिमाल, जंगल, नदी अनि ताल र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष पनि पर्ने भएकाले त्यस स्थलमा रहेका विभिन्न जंगली जनावारको अवलोकन गर्न पाइन्छ । पदयात्रा क्षेत्रमा प्रमुख रूपमा मगर बस्तीको बाहुल्यता रहेको क्षेत्र रुकुमको पूर्वी भेग पर्ने भएकाले पनि मगर जातिको रहनसहनका साथै मगर संस्कृतिको अवलोकन गर्दा सांस्कृतिक पर्यटनसँगसमेत यो पदयात्रालाई जोड्न सकिन्छ ।
रुकुम, रोल्पालगायतका विभिन्न द्वन्द्वप्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी विदेशी नागरिक एलेन्जो लायन्सलेद्वारा गुरिल्ला पदमार्गको गाइड पुस्तक र नक्सा तयार पारिएको छ, जुन सामग्रीबाट यो यात्राबारे विस्तृत रूपमा योजना बनाउन सहज हुन्छ । तत्कालीन युद्धका पिर र पीडाहरूलाई बिस्तारै भुल्दै रुकुमले बिस्तारै समृद्धितर्फको बाटो तय गर्दै छ । जिल्लाका ४३ गाविसमध्ये हालसालै सदरमुकाम रहेको खलंगा र सँगैको साँख गाविसलाई गाभेर मुसिकोट नगरपालिका बनाएपछि अब ४१ ओटा गाविस भएका छन् । यसमध्ये अब सात गाविसमा मात्र यातायात पुग्न बाँकी छ । जिल्लाको चौरजहारी र सदरमुकाममा मुसिकोटमा विमानस्थल रहेको जहाँबाट नेपाल वायु सेवा निगमको जहाजले सातामा दुई दिन काठमाडौं–रुकुम र दुई दिन रुकुम–नेपालगन्जका लागि उड्न भर्छ, जसले हवाई यातायातबाट एकै दिनमा पुग्न सकिन्छ भने काठमाडौंबाट १५ घन्टाको बसयात्रापछि रुकुम पुग्न सकिन्छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।