1
गरिबीका कारण बालबालिकाको बिचल्ली
जाजरकोट,
 ८ फागुन 
 जन्म दिने आमाको मृत्यु, बाबुलाई बूढेसकाल लागेपछि अछानी–२ का चार जना बालबालिकाको बिचल्ली भएको छन् । 
 
विसं २०६९ वैशाखमा सुत्केरी भएको १५ दिनमा आमाको घाँस काट्न गएको अवस्थामा स्थानीय डाँडाभैत्ता जङ्गलमा लडेर मृत्यु भएपछि अर्छानी–२ का छ वर्षीय गोविन्द जैसी, सात वर्षीया विमला जैसी, आठ वर्षीया प्रेमा जैसी, पाँच वर्षीय पशुपति जैसी बिचल्लीमा परेका छन् । 
 
स्थानीय सरस्वती निमाविमा भर्ना भएर पढ्न थालेको छ महिनाभित्र सबैले आर्थिक अभावका कारण पढ्न छाडेको शिक्षक जनक बोहराले जानकारी दिनुभयो । 
 
सबै बालबालिका विद्यालयमा आउँदा पोसाक लगाएर कापी र कलम लिएर आउँदा यी चार बालबालिका पोसाक, कापी, कलम नभएका कारण विद्यालयमा आउन छाडेको शिक्षक बोहराले बताउनुभयो । 
 
आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालयमा पढाउन नसकेको ५६ वर्षीय बाबु ईन्द्रलाल जैसीले बताउनुभयो । सबैका छोराछोरी विद्यालय पढ्न जान्छन् तर मेरो छोराछोरी विद्यालय जानका लागि आवश्यक सामग्रीको अभावमा जान सकेका छैनन् इन्द्रलालले दुःखेसो पोख्नुभयो । 
 
ईन्द्रलाल पनि सधैँ बिरामी भइरहने भएका कारण कमाइ गर्न नसक्ने भएपछि बालबालिका काम गर्दै खाँदै गर्नुपर्ने बाध्यता भएको हो । 
 
जैसीको घरमा उत्पादन गरेको अन्नले तीन महिनासम्म पनि खान नपुग्ने भएका कारण काम गरेर कमाई ल्याएको पैसाले खाद्यान्न जोहो गर्नुपर्ने उहाँको परिवारको बाध्यता हो । 
 
घरमा अरु ठूलो मान्छे नहुनु ५६ वर्ष नाघेका ईन्द्रलाल रोगी शरीर सधँै अर्काको काम गरेर केही पैसाको जोहो गरी छोराछोरी पाल्नुपर्ने बाध्यताले बालबालिकाको पठनपागठनमा सोच्न नसकेको बताउनुहुन्छ । 
 
श्रीमती छँदा केही सहकार्य गरेर भए पनि छोराछोरीलाई विद्यालय पठाएका थियाँै । श्रीमतीको निधनपछि सबै बिचल्लीमा परेको उहाँ बताउनुहुन्छ । 

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top