1

पन्ध्रदिने ऐतिहासिक मध्यमिथिला परिक्रमा सुरु हुँदै

.
 ५ फागुन
- मिथिलाञ्चलमा हुने १५ दिने मध्य मिथिला परिक्रमा भोलि बुधबारदेखि सुरु हुँदै छ ।

बुधबारदेखि ऐतिहासिक कचुरी मठबाट भगवान् श्रीराम र जगत् जननी सीताको डोलासहित निस्कने मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक तथा ऐतिहासिक यात्रा मानिे या धार्मिक परिक्रमाको अवधि १५ दिनको हुन्छ । नेपालको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी जम्मा १२० किलोमिटर भू–भाग परिक्रमा समेटेको छ ।

फागुने औँसीदेखि पूर्णिमासम्म ९यसपालि फागुन ६ देखि २० सम्म० दुई साता जनकपुर र यस वरिपरिको क्षेत्र पूरै उत्सवमय बन्नेछ, मिथिला परिक्रमाका कारण । धनुषा, महोत्तरी र भारतको उत्तरी विहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाउँ समेट्ने परिक्रमा मार्ग एउटा तीर्थ र पर्यटनस्थलका रुपमा स्थापित भएकाले यो लोकप्रिय पर्यटन गन्तव्य बन्दै गएको छ । परिक्रमा बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको रहेको छ । तर व्यस्तताका कारण कालान्तरमा आएर मध्य परिक्रमाको अस्तित्व मात्र बाँकी रहेको साहित्यकारको भनाइ छ ।

श्रद्धालु भक्तजनले मध्य परिक्रमालाई नै आफ्नो ध्यान केन्द्रित गरेको पाइन्छ । मिथिला महात्मामा वर्णन गरिएको मध्य परिक्रमाको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको साहित्यकार डा राजेन्द्र विमलको भनाइ छ । आधुनिक जनकपुरलाई पुनः चिनाउन महात्मा गुरु किशोर दासले परिक्रमा मार्ग पत्ता लगाएपछि सोतीमठ्ठी मठका सीताप्रसाद र बराही मठका सुरदास साधुले मध्य परिक्रमा आरम्भ गरेको इतिहासकार बताउँछन् ।

भनिन्छ, २०आँै शताब्दीको आरम्भतिर जनकपुरधामका रामानन्दीय वैष्णव साधुले पाँच दिनमा पूरा हुने परिक्रमालाई १५ दिने परिक्रमा बनाएको धार्मिक गन्थमा उल्लेख गरिएको छ ।

फागुने औँसीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ । डोला पछिपछि परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा लाखाँै नरनारी सहभागी हुने गर्छन् ।

परिक्रमामा सहभागी भक्तजनले मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्दछन् । राजा जनकले आफ्नो राजधानी मिथिलाको चारै कुनामा चारा महादेव पीठ ९पूर्वको सतोखरस्थित सप्तेश्वर नाथ, पश्चिम जलेश्वर नाथ, उत्तर क्षीरेश्वर नाथ र दक्षिणमा कल्याणेश्वर नाथ हाल भारत विहारको कलना० स्थापना गरेका थिए ।

अन्तरगृह परिक्रमाले धार्मिक महत्वका साथै व्यावहारिक जीवनमा समेत महत्व राख्दछ । यसको सम्बन्ध भगवान् राम र सीतासँग रहेकाले यसको महत्व निकै रहेको अर्का साहित्यकार श्यामसुन्दर शशी बताउनुहुन्छ ।

बृहत् विष्णुपुराणमा उल्लेखअनुसार यो परिक्रमा नै एउटा यस्तो परिक्रमा हो जसमा भगवान् राम र सीताको प्रत्यक्ष दर्शनको अनुभूति हुने गर्दछ ।

पन्ध्रदिने परिक्रमाअन्तर्गत पहिलो दिन कुवा हनुमान नगर, दोस्रो दिन विहारको कलनास्थित कल्याणेश्वर, तेस्रो दिन भारतकै फूलहरस्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मठिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडैइ, साताँै दिन धुव्रकुण्ड, आठौँ दिन कञ्चनवन, नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखर, १२औँ दिन औरही, १३औँ करुण९भारत० १४औँ बिसौल ९भारत० र यात्राको अन्तिम दिन अर्थात् १५आँै दिन जनकपुरधाम आएर अन्तरगृह परिक्रमामा परिणत हुन्छ र यहीँबाट मिथिला मध्य परिक्रमाको बिसर्जन हुने गर्दछ ।

मिथिलाको धार्मिक परिक्रमा गर्नाले विशेष फल प्राप्त हुने विश्वास रहिआएकाले यो १५ दिने परिक्रमामा नेपाल र भारतका लाखौँ हिन्दू धर्मावलम्बी सहभागी हुने गरेको अर्का साहित्यकार नित्यानन्द मण्डलले जानकारी दिनुभयो ।

नेपाल–भारतबीच सदियौँदेखि रहिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन प्राचीन मिथिलाको सांस्कृतिक महत्व झल्किने १५ दिने धार्मिक परिक्रमाले मद्दत गर्दै आएको छ ।

विसं २०४९ मा नेपाल र भारतबीच भएको सम्झौताअनुसार परिक्रमा मार्गलाई दुवै देशका सरकारले बनाउने कामलाई तीव्रता दिएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top