1

गाँजाः अवैधानिक कि अनुचित

शिवरात्रीको आगमनसंगै गाँजा र भाङको हल्लाखल्ला बर्सेनी हुने गर्छ। एकातर्फ कानुन छ भने अर्को तर्फ शिवको प्रसाद भन्दै भाङ र गाँजामा लठ्ठहुने नागरिक। अरुबेला चाहे विश्वासनै किन नगर्ने हुन, शिवरात्रीको दिन भने शिवको सम्झना गर्ने मानिसको हुलनै बन्छ, चाहे गाँजा र भाङ नै आधार किन नहोस। शिवरात्रीको दिन शिव मान्ने भन्दा नि शिवको प्रसादनै बढी चर्चित हुने गरेको छ विशेषगरि युवा जमातमा। के गाँजा र भाङलाइ साच्चै शिवकै प्रसाद मान्न सिकिन्छ त?


गाँजा जसलाइ मारिवाना पनि भनिन्छ र विशेषतः साइकोएक्टिभ ड्रग्स साथै बिभिन्न औषधिमा पनि प्रयोग गरिन्छ। साइकोएक्टिभ ड्रग्स भन्नाले यस्तो केमिकल हो जसले केन्द्रिय स्नायु प्रणालीमा प्रभाव पार्दछ र दिमागी कार्यहरुमा उथलपुथल ल्याउछ जसबाट केहि समयसम्म बानी व्यवहार, चेतना र इन्द्रियहरुको कार्यमा परिवर्तन आँउछ। यसको सेवनले आँखा रातो हुने, चिम्सो देखिने, मुख सुख्खा हुने, चिसो वा तातोको असोभाविक अनुभुति हुने, मुटुको धड्कन बढ्ने तथा मांसपेशीहरुमा आराम मिल्ने आदी महसुस हुने कुरा उल्लेख गरिएको छ।


२०१३ मा प्रकाशित एक शोधको अनुसार गाँजाले मानसिक, बानी-व्यवहार र सामाजिक स्वास्थ्यमा असर गर्नुको साथै कलेजो, फोक्सो, मुटु र भ्यास्कुलेचरमा पनि नकारात्मक प्रभाव गर्ने बताइएको छ।

गाँजालाइ रिँगटा र वान्ताहुने असरकम गर्नको लागि केमोथेरापीमा पनि प्रयोग गरिन्छ। तर अमेरिकन सोसाइटी अफ एडिक्सन मेडिसिनले स्वास्थ्यमा नकारात्मक असर पनि गर्ने भन्दै औषधिमा गाँजा प्रयोग गर्न छोडिसकेको जनाएको छ।


गाँजाको ओभरडोजको सन्दर्भमा भने सन् २००८ पछि कुनै नयाँ घटना थाहहुन नआएको जनाइएको छ। रिसर्चको कमीले गर्दा गाँजा प्रयोग कर्ताको सरदर उमेर र प्रयोग नगर्नेको सरदर उमेरमा के कस्तो फरक हुन्छ भनि खुल्न सकेको छैन। तर मोटर दुर्घटना को साथै श्वासप्रश्वासमा कठिनाइ र ब्रेन क्यान्सरको घटना भने अत्याधिक गाँजा सेवन गर्नेहरुमा देखिने बताइएको छ।

गाँजालाइ धुवाको रुपमा, बाफ (तताएर)को रुपमा, चियाको रुपमा र सिधै खाएरनै प्रयोग गर्ने गरिन्छ। तर यि खाने विधिहरु गाँजाको प्रकार र देश अनुसार फरक पाइन्छ। गाँजालाइ मेडिकल प्रयोगको लागि क्यानेडा, बेल्जियम, अष्ट्रेलिया, नेदरल्याण्ड, स्पेन आदि देशहरुमा लाइसेन्स बनाएर कानुनी छुट प्रदान पनि गरिएको छ।


प्राकृतिक रुपमैमा पाइने यस्ता लागुपदार्थ वैधानिक बनाउनु पर्ने कुराह बिभिन्न देशमा नउठ्ने पनि हैन। तर वैधानिक बनाएर स्वास्थ्य, समाज तथा आर्थिक क्षेत्रको साथै मानिसकै व्यवहारमा कस्तो परिवर्तन आउला? त्यसैले त होला गाँजा भन्दा कयौं गुणा असर पुर्याउने भनि भनिने रक्सी लगायतका अल्कोहलिक लागुपदार्थहरु खुलेआम आयात, निर्यात तथा सेवन गरिन्छ।

वर्षौं पहिले देखि संसारका कयौं देशहरुमा अवैधानिक बनाइदै आएको गाँजा लगाएतका लागुपदार्थहरु कुनै वैज्ञानिक आधार बिना नै अहिलेसम्म पनि अवैधानिक नै छ। बढ्दै गएको रिसर्च तथा वैज्ञानिक खोजहरुले यसका कयौं फाइदाहरु पत्ता नलगाएका पनि हैनन। तर के यस्तो भन्दैमा शिवरात्रीमा खुलेआम पशुपति वरपर गाँजाको सेवन तथा बिक्रि वितरण गर्न पाइन्छ कि पाइदैन, कि शिवरात्रीमा विशेष छुट हुन्छ? कानुनी छुट नहुने हो भने कहिल्यै पशुपति नजाने युवा जमात पशुपतिजान किन लाइन बस्दैछन् ?

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top