1

महाशिवरात्रिको अवसरमा बिहान देखि पशुपतिमा भक्तजनको भीड

 ५ फागुन
- महाशिवरात्रिका दिन आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि ३ बजे मात्र पशुपतिका चार ढोका खोलिएको थियो । पशुपतिको मूल मन्दिरमा चार ठाउँबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले जानकारी दिनुभयो ।

यस वर्षको शिवरात्रिमा १० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । अहिलेसम्म व्यवस्थित रूपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् ।

यस वर्ष भारतीय भक्तजनको सङ्ख्यासमेत बढी देखिएको नेपाल भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले साउन १९ गते पशुपतिमा विशेष पूजा गर्दा भारतीय सञ्चारमाध्यमले मान्यताका साथ प्रचारप्रसार गरेकाले शिवरात्रिमा भारतलगायत देशबाट आउने भक्तजनको उल्लेख्य उपस्थिति रहेको उहाँले बताउनुभयो ।
गत वर्ष मलेसियाबाट २०० दर्शनार्थी आएकामा यस वर्ष ६०० भक्तजन आउने जानकारी आएको कोषका कोषाध्यक्ष सुवेदीले दिनुभयो । मलेसियाली भक्तजनले गत वर्ष रु ३२ लाख पशुपतिमा भेटीस्वरुप चढाएको पनि उहाँले बताउनुभयो । यस वर्ष मलेसिया, श्रीलङ्का र मौरिससबाट समेत उल्लेख्य भक्तजनको आगमन भएको कोषले जनाएको छ ।

पशुपति क्षेत्र आज पूर्णरूपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बानेश्वरले वनकालीमा बनाएको ३३ फिट अग्लो शिवलिङ्ग हेर्ने भक्तजनको पनि उल्लेख्य उपस्थिति रहेको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top