1

भक्तपुरको दुईवटा उद्योगमा आगलागी, पचहत्तर लाख बराबरको क्षति

, ४ फागुन
- मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा गएराति भीषण आगलागी हुँदा रु ७५ लाख बराबरको क्षति भएको छ ।
लोकन्थलीको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो । आगलागीबाट दुईवटै उद्योगको ६ वटा मेसिन, लाखाँै बराबरको कपास, फर्निचर र विभिन्न सामान गरी रु ७५ लाख बराबरको क्षति भएको दुईवटै उद्योगका सञ्चालक दोलखा पोवटी–५ घर भई लोकन्थली बस्ने बलराम उप्रेतीले जानकारी दिनुभयो ।

दिउँसो विद्युत्भार कटौतीले गर्दा विद्युत् नहुने भएकाले राति विद्युत् आएको बेलामा काम गर्दै आएको उद्योगमा राति २ बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । आगलागीले प्रत्यक्ष रूपमा ३५ र अप्रत्यक्ष्य रूपमा २०० मजदुरको रोजीरोटी खोसिएको छ । आगलागीबाट दुईवटै कारखानाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली तथा प्रहरी, काठमाण्डौ र ललितपुरका ६ वटा दमकलले बिहान ५ बजे आगो नियन्त्रणमा लिएको थियो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top