गुणस्तरीय औषधि सेवन गर्नबाट वञ्चित
बझाङ
६ फागुन
- विकट हिमाली जिल्ला बझाङका बासिन्दा गुणस्तरीय औषधि सेवन गर्नबाट वञ्चित भएका छन् ।
औषधि खरिद तथा ढुवानीको जिम्मा पाएका ठेकदारले न्यूनकोटीको औषधि ल्याउने गर्नाले बझाङ्वासी गुणस्तरीय औषधि सेवन गर्नबाट वञ्चित भएका हुन् । विगत ८ वर्षदेखि औषधि खरिदको ठेक्का अमित फार्मेसीका प्रतिनिधि मुरलीधर जोशीले पाउने गरेको अस्पताल स्रोतले जनाएको छ ।
ठेकदारले जिल्लामा भित्र्याएको औषधिको मात्रा र गुणस्तर परीक्षण नहँुदा बझाङवासी गुणस्तरहीन औषधि सेवन गर्न बाध्य भएका नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताउनुभयो । कर्मचारी र ठेकेदारको कमिसनको चलखेलका कारण औषधि गुणस्तरहीन आउने गरेको उहाँको भनाइ छ ।
नेपाल सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरेको छ । जिल्ला अस्पताल बझाङ र गाविसमा रहेका स्वास्थ्यचौकी तथा उपस्वास्थ्य चौकीमा वितरण गरिने औषधिको गुणस्तर नभएको जनगुनासो बढेको छ ।
जिल्ला अस्पताल बझाङमा झण्डै एक दशकसम्म लगातार अमित फार्मेसीका प्रतिनिधि जोशीले औषधि खरिदको जिम्मा पाउने गरेको र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी र ठेकदारको मिलेमतोमा बिल भर्पाइ मिलाई रकम कुम्ल्याउने गरेको नाम नबताउने शर्तमा जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।
यता जिल्ला अस्पतालका डाक्टर वीरबहादुर थापाले औषधि गुणस्तर विभागले औषधिको जिएमपी प्रमाणित गरेर मात्र बिक्री गर्ने हुँदा जिल्लाबाट गुणस्तर चेकजाँच भएको औषधि मात्र वितरण गर्ने गरेको बताउनुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।