1

सिमराका आक्रोशित स्थानिय वासिन्दाले दोस्रो दिन पनि चक्का जाम तथा बजार बन्द


प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेको निर्णय पूर्वाग्रही भएको बताउदै सिमराका आक्रोशित स्थानिय वासिन्दाले सोमबार दोस्रो दिन पनि चक्का जाम तथा बजार बन्द गरेका छन् ।
      प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको चिठ्ठी पूर्वग्रही भएको भन्दै सोमबार पनि स्थानिय बासिन्दाहरुले १ बजे देखि ३ बजे सम्म त्रिभुवन राजपथको सिमरा खण्डमा चक्का जाम तथा बजार बन्दा गरेका हुन् । स्थानिय बासिन्दाहरुले प्रधानमन्त्रिलाई ध्यानकर्षण गराउन सिमरा तथा त्यस क्षेत्रका १२ वटा गाविसको तर्फबाट २१ मिटर लामो कपडमा हस्तक्षर संकलन गरी पठाएका छन् । आन्दोलन दबाबमुलक र शान्तिपूर्ण रुपमा जारी राख्ने स्थानिय अगुवा कृष्ण पौडेलले बताउनुभयो । जनताको घर दैलोमा सहज रुपमा सरकारी सेवा सुविधालाई पुर्याउने उद्देश्य अनुरुप सरकारले गरेको निर्णय दवावमा परि पूर्वाग्रही ढंगले स्थगित गरेपछि आन्दोलनको विकल्प नभएको भन्दै सिमरा नागरिक सरोकार समितिले चक्का जाम तथा बजार बन्दको आयोजना गरेको स्थानिय मनोज पौडेलले बतउनुभयो ।
   
यता कलैयामा उत्पन्न तनाव साम्य पार्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिमरामा कार्यालय स्थापना गर्ने सम्बन्धी निर्णय फिर्ता लिएपछि विगत ६ दिनदेखि बाराको कलैयमा जारी आमहड्ताल र उत्पन्न तनाव अन्त्य भएको छ । सरकारको निर्णयलाई स्वागत गर्दै कलैया उद्योग बाणिज्य संघ तथा आन्दोलनरत विभिन्न संघसंस्थाहरुले आन्दोलन फिर्ता लिएपछि सोमबार विहानै कलैयाको जनजिवन सामान्य बनेको छ । कलैयामा ६ दिन सम्म बन्द रहेको बजार, यातयात, शैक्षिक संस्था, मालपोत, नापि, भुमिसुधार लगायतका कार्यालयहरु सोमबार विहानै दिखि सुचारु भएका छन् ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top