1

धवलागिरिको पर्यटन प्रवद्र्धनका लागि धार्मिक महोत्सव

- धवलागिरि अञ्चललाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य स्थल बनाउने उद्देश्यका साथ यहाँ धार्मिक पर्यटन महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

अञ्चल भरका प्रमुख तीर्थस्थलको दर्शनबारे जानकारी दिन विश्वशान्ति कलश र मुक्तिनाथ महाघण्टी निर्माण गर्ने स्थानमा पर्यटन महोत्सव तथा विश्वशान्ति महायज्ञको आयोजना गरिएको हो ।

महोत्सवको दोस्रो दिन आज पर्वतको धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा ‘गौ’ पुजन गरी हेलिकप्टरमार्फत गाईको बाच्छीलाई सर्वसिद्धीधाम पु¥याइएको छ । गौपुजन पछि मालिकामा रहेको गण्डकी गोपाल गौशालामा बाच्छी भित्र्याउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

बागलुङ नगरपालिका– ८ मा विश्वशान्ति सर्वसिद्धीधाम पञ्चकोट मन्दिर निर्माण स्थलको प्रचार प्रसार गर्नेगरी फागुन एक गते देखि आउँदो १५ गतेसम्म महोत्सवको आयोजना गरिएको संयोजक नगेन्द्रराज आचार्यले बताउनुभयो । उक्त स्थानमा एक सय आठ फिट अग्लो विश्व शान्ति कलश र पाँच हजार ५५ किलोको महाघण्टी निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा उक्त क्षेत्रलाई केन्द्र बनाई धवलागिरिलाई धार्मिक केन्द्रका रुपमा विकास गर्ने अभियान थालिएको हो । ‘‘महोत्सवमा लाखाँै भक्तजनहरूको उपस्थिती रहने छ’’, आचार्यले भन्नुभयो, ‘‘ती पर्यटक मार्फत देश तथा विदेशमा प्रचारप्रसार गर्ने हाम्रो योजना छ ।’’

अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाइमा उक्त क्षेत्रलाई केन्द्र बनाई धवलागिरि अञ्चललाई धार्मिक केन्द्रका रुपमा विकास गर्ने अभियान चलाइएको हो । महोत्सव अवधिमै आउँदो शनिबार उक्त कलशको एक हजार एक सय ८ जना संस्थापक सदस्यले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

कलश निर्माण स्थलबाट पश्चिमाञ्चलका विभिन्न सहर तथा हिमालहरू हेर्न सकिने महोत्सव आयोजकले जनाएको छ । मुस्ताङको मुक्तिनाथ पुगेका पर्यटकलाई बागलुङको भान्सा, कालिका, म्याग्दीको गलेश्वर, पर्वतको गुप्तेश्वर लगायतका धार्मिक स्थल भ्रमण गर्न यातायातको सहज व्यवस्था मिलाइने छ ।

समितिको योजनाअनुसार बागलुङ बजारदेखि भान्सासम्म केबुल कार निर्माण गरी थप पर्यटकलाई भित्र्याइने छ । मुक्तिनाथ बाबाका अनुयायीहरू अधिकांश भारतमा रहेकाले भारतीय पर्यटकसमेत आउने अपेक्षा गरिएको छ ।

अहिले कच्ची सडक र पदमार्गको व्यवस्था रहे पनि योजनाअनुसार उक्त स्थानमा पर्यटकलाई सजिलै पु¥याउन सडकको स्तरोन्नति गरिने आयोजकले जनाएको छ । सदरमुकामदेखि दुई घन्टाको पैदलयात्रामा उक्त स्थानमा पुगिन्छ ।

उक्त स्थानमा तीन सय ६५ तुलसीका मठ, एक सय आठ गाईपाल्ने गौशाला, एक सय आठ वरपिपल चौतारी, पौराणिक महत्व बोकेका मूर्तिहरूको संरक्षण, कालिगण्डकीको जलसेचन, एक हजार जना अटाउने सभास्थल लगायतको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
–ः २५ ः–

कमलनयनाचार्यले जिल्लामा धार्मिक अभियान चलाएपछि यहाँका उद्योगि व्यवसायीहरूले समेत सहयोग अभियान चलाएका छन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घले सरोकारवालासँग अन्तरक्रिया गर्ने, पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाउने लगायतका काम गरेको सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताउनुभयो । ‘‘अब बागलुङ पर्यटनको हब बन्छ’’ श्रेष्ठले भन्नुभयोे ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top