1

सरकारले प्रक्रियामा कडाइ गरेपछि उत्पादन अनुमतिपत्र लिने जलविद्युत् आयोजनाको सङ्ख्या घट्यो


५ फागुन
- सरकारले प्रक्रियामा कडाइ गरेपछि उत्पादन अनुमतिपत्र लिने जलविद्युत् आयोजनाको सङ्ख्या घटेका छन् ।

यस वर्षको १० महिनामा कुल नौवटा जलविद्युत् आयोजनाले मात्रै उत्पादन अनुमतिपत्र पाएका छन् । अघिल्ला वर्षहरूमा उत्पादन अनुमति लिने आयोजनाको सङ्ख्या दुई दर्जनभन्दा बढी हुने गरेको थियो । पछिल्लो दिनमा निर्माण प्रक्रिया सुरु गर्ने विश्वासिलो आधार भएका र काम सुरु गरिसकेका आयोजनालाई मात्र सो अनुमतिपत्र प्रदान गरिने गरेको छ ।

निर्माण सुरु नगर्ने र केवल अनुमतिपत्र मात्रै लिएर बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न उत्पादन अनुमतिपत्र दिने काममा कडाइ गरिएको विद्युत् विकास विभागले जनाएको छ । ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले २०७१ को सुरुदेखि हालसम्म अनुमति दिएको सबैभन्दा ठूलो दूधकोसी जलविद्युत् आयोजना हो । सोलुखुम्बुमा आयोजनास्थल रहेको ८६ मेगावाट क्षमताको दूधकोसी आयोजना हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो ।

यस्तै लमजुङ जिल्लामा आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ पनि अनुमति लिने ठूला आयोजनामध्येको एक हो । सो आयोजनालाई लिवर्टी इनर्जीले निर्माण गर्न लागेको हो । दोलखामा आयोजनास्थल तथा कन्सोटियम पावरले निर्माण गर्न लागेको २४ मेगावाट क्षमताको आयोजनालाई पनि उत्पादनको अनुमति प्रदान गरिएको छ ।

यस्तै मकवानपुरमा आयोजनास्थल रहेको २० मेगावाट क्षमताको वाग्मती नदी जलविद्युत् आयोजनाले समेत उत्पादनको अनुमति लिएको छ । सो आयोजना मान्दु पावरले निर्माण गर्न लागेको छ ।
विभागका अनुसार म्यादीको चार मेगावाट क्षमताको रुप्से, सङ्खुवासभाको १५ मेगावाट क्षमताको माया खोला, चार मेगावाट क्षमताको द्वारी खोला, सात मेगावाट क्षमताको मोलुम खोला, ८ दशमलव ३ मेगावाट क्षमताको सवा खोला र ६ दशमलव ६ मेगावाट क्षमताको बडीगाडले पनि यसै वर्ष उत्पादनको अनुमति पाएका छन् ।

ती आयोजनाबाट कुल दुई सय मेगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादन अनुमति दिइएका आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) समेत गरिसकेका छन् ।

ती आयोजनालाई एक वर्षवित्र पूर्णरुपमा वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्न निर्देशन दिइएको विभागका महानिर्देशक दिनेशकुमार घिमिरे जानकारी दिनुभयो ।

सरकारले हालसम्म ८५ वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाबाट कुल दुई हजार ७१ मेगावाट विद्युत् उत्पादन हुनेछ । यस्तै विभागका अनुसार विद्युत् उत्पादनको अनुमतिपत्र पाउँ भनी हालसम्म ८२ वटा जलविद्युत् आयोजनाले निवेदन दिएका छन् । ती आयोजनाबाट कुल पाँच हजार ४६४ मेगावाट विद्युत् उत्पादन हुने महानिर्देशक घिमिरेको भनाइ छ ।

गैरकानुनी रुपमा विद्युत् उत्पादन अनुमति दिएको र काम सुरु नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको प्रक्रिया सुरु गरेपछि विभागले वित्तीय तथा भौतिक प्रगति भएका र निर्माण सुरु गर्ने क्रममा रहेका आयोजनालाई मात्रै उत्पादन अनुमति प्रदान गर्ने गरेको हो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top