सगरमाथा बाहेक अन्य आरोहणको अवस्था विजोग
नेपालमा सन् १९५९ सालमा पहिलो पटक हिमाल आरोहणका लागि खुल्ला गरिएको थियो । विश्वमा आरोहण खुल्ला गरिएका मध्य ८ हजार माथिका विश्वका १४ मध्य ८ वटा हिमाल नेपालमै छन् । तर, सगरमाथा वाहेक अन्य ७ वटा हिमाल आरोहणको अवस्था निकै कमजोर छ । अन्य हिमालले आफ्नो उचाई अनुसारको पर्यटक आकर्षित गर्न सकेका छैनन् ।
आरोहणका लागि सगरमाथा सन् १९ सय ५३ मा खुल्ला गरिएको थियो । पहिलो पटक न्युजिल्याण्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली नागरिक तेन्जीङ नोग्रे शेर्पाले आरोहण गरेपछि यसको विश्वव्यापी चर्चा भयो । सन् २०१३ सम्म सगरमाथा आरोहण गर्नेको संख्या मा ४ हजार ४ सय २२ जना पुगिसकेको छ । सगरमाथा आरोहण गर्नेको संख्या हरेक बर्ष बढ्दो छ ।
सन् २०११ मा सगरमाथाको आरोहण गर्ने संख्या ३ हजार ४ सय ३६ थियो । सन् २०१२ मा ४ सय ८ जनाले र सन् २०१३ मा ५ सय ७८ जनाले सगरमाथाको आरोहण गरेको सरकारी तथ्याङ छ । यसको उल्टो नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगामा सन् २०१३ सम्म आरोहण गर्नेको संख्या जममा ३ सय ११ पुगेको छ । सन् १९ ५५ देखि यो हिमालमा आरोहण खुल्ला गरिएको थियो तर सन् २०११ मा २ सय ९५ जनाले मात्रै आरोहण गरेका छन् ।
त्यसपछि सन् २०१२ भरी जम्मा एक जनाले मात्रै कञ्चनजंगा हिमालको आरोहण गरेकाअ छ
न् । सन् २०१३ मा भने १५ जनाले कञ्चनजंगाको आरोहण गरेका छन् । नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिमाल भएपनि आरोहीको संख्याको हिसाबले पछारबाट चौथो नम्बरमा छ ।
अर्को हिमाल ८ हजार ५ सय १६ मिटर आग्लो लोत्से हिमाल सन् १९५६ देखि आरोहणका लागि खुल्ला गरिएको थियो ।
अर्को हिमाल ८ हजार ५ सय १६ मिटर आग्लो लोत्से हिमाल सन् १९५६ देखि आरोहणका लागि खुल्ला गरिएको थियो ।
सन् २०१३ सम्म जम्मा ५ सय ५५ जनाले मात्रै लोत्से आरोहण गरेका छन् । सन् २०११ सम्म ४ सय २६ जनाले हिमाल आरोहण गरेका थिए, सन् २०१२ मा ५३ जना र सन् २०१३ मा ७६ जनाले लोत्से आरोहण गरेको सरकारी तथ्याङक छ । अर्को चर्चित मकालु हिमाल पनि सन १९५५ मै आरोहण खुल्ला गरिएको थियो । तर अहिलेसम्म यसको आरोहणमा पनि ओरोहीको संख्या त्यति उत्साह जनक छैन ।
सन् २०१३ सम्म आईपुग्दा जम्मा ३ सय ८३ जनाले मात्रै आरोहण गरेका छन् । बार्षिक आरोहण दर पनि सन्तोषजनक छेन । सन् २०११ सम्म जम्मा ३ सय ५५ जनाले आरोहण गरेकोमा सन् २०१२ मा २१ जना र सन् २०१३ मा जममा ७ जनाले मात्रै मकालु आरोहण गरेका छन् । सगरमाथापछि सबैभन्दा धेरै आरोही आकर्षण गर्ने हिमालमा मनास्लु पर्छ । तैपनि यो हिमाल आरोहण गर्नेको संख्या सन् २०१३ सम्म जम्मा ९ सय ६५ पुगेको छ ।
मनास्लु हिमाल आरोहण गर्ने पर्यटकको संख्या सन् २०११ मा ७ सय ११ थियो भने सन् २०१२ मा १ सय ३३ जना थपिएका थिए त्यस्तै सन् २०१२ बाट सन् २०१३ भित्र जम्मा १ सय २१ जनाले मनास्लु हिमाल आरोहण गरेका छन् । चोयुमा सन् १९८४ देखि सन् २०१३ सम्म १३ जना धौलागिरीमा सन् १९६० देखि सन् २०१३ सम्म ४ सय ५१ जनाले आरोहण गरेका छन् । धौलागिरमा सन् २०१२ देखि २०१३ सम्म एक जनाले पनि आरोहण गरेका छैनन् ।
अर्को अन्नपूर्ण हिमालमा सन् १९५० देखि सन् २०१३ सम्म जम्मा २ सय २२ जनाले मात्रै आरोहण गरेका छन् ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।