1

 आम हड्ताल गर्ने घाषणा

मालपोत र नापी कार्यालयको थप सेवा केन्द्र बाराको सिमरामा स्थापना गरिने निर्णय सरकारले उल्टाए पछि आन्दोलित भएका बिभिन्न १२ गाबिसका बासिन्दाले  आम हड्तालको घाषणा गरेका छन् ।
बिरगंज पथलैया औद्योगिक करिडोर अन्तरर्गत बाराको गढीमाई नगरपालिका स्थित सिमरामा मालपोत , नापी तथा भूमिसुधार कार्यालयको शाखा स्थापनाको माँग गर्दै तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषदले जारी गरेको विज्ञप्ती खारेजीको माँग गर्दै सिमरा बासीले आज पाँचौं दिन पनि बिरोध स्वरुप आन्दोलन गरेका हुँन् ।
बिहान एघार बजे देखी बेलुकी पाँच बजे सम्म बिरोध स्वरुप आन्दोलन भएको मालपोत कार्यालय स्थापना सरोकार समिति सिमराले जनाएको छ । आन्दोलनका क्रममा सिमराको बजार पूर्ण रुपमा बन्द गर्नुका साथै राजमार्ग समेत अवरोध गरी आन्दोलन गरिएको हो ।
आँफुहरुले पाइ सकेको सुविधा सरकारले खोसेको आरोप लगाउँदै स्थानीय बृद्धबृद्धाहरुले पनि समर्थन जनाउँदै सड्कमा उत्रिएर आन्दोलनमा सहभागि भएका छन् । सरकार आफ्नैं निर्णयबाट पछि हट्नु दुर्भाग्यपुर्ण रहेको भन्दै यथा शिघ्र निर्णय सच्याएर सेवा केन्द्र संचालन गर्न आन्दोलनमा सहभागि बृद्धबृद्धाहरुले सरकारसँग आग्रह गरेका छन् ।
पाँचौं दिनको आन्दोलनलाइ सरकारले सम्बोधन नगरेको भन्दै बिरगंज पथलैया औद्योगिक कोरिडोरका सम्पुर्ण उद्योग कलकारखाना , सिमरा बिमान स्थल ठप्प पार्दै भोली देखि आम हडताल गर्ने घाषणा गरेको मालपोत कार्यालय स्थापना सरोकार समितिका अध्यक्ष भोला अधिकारीले बताए ।
यस अघि प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालयले फागुन ३ गते आइतबारको दिन बिज्ञप्ती जारी गरी सदरमुकाम कलैयामा रहेका मालपोत , भूमिसुधार तथा नापी कार्यालयको सेवा केन्द्र सिमरामा १२ वटा गाबिसको शाखा कार्यालय खोल्ने निर्णय फिर्ता लिएपछि सिमरा बासिले आइतवार बेलुकी सोको बिरोध गर्दै बिज्ञप्तीलाइ सिमरा चौकमा जलाएका थिए । आन्दोलनका कारण सिमरा बजार पुर्ण रुपमा बन्द हुँनुका साथै राजमार्ग अरुद्ध भएपछि बिभिन्न स्थानका यात्रुहरु पैदल नैं गन्तब्य तर्फ जान बाध्य भएका छन् ।
मन्त्री परिषद २०७१ साउन ९ तथा मन्त्रीपरिषद प्रशासनिक समितिको २०७१ असोज ३० गतेको निर्णय अनुसार बाराको सदरमुकाम कलैयामा रहेका मालपोत , नापी तथा भूमिसुधार कार्यालयको सेवा केन्द्र सिमरामा स्थापना गर्न निर्णय गरेको र कलैया बासिले कडा आन्दोलन गरेपछि बिज्ञप्ती मार्फत सो निर्णय फिर्ता लिइएको थियो ।
सिमरामा मालपोत , नापी तथा भूमिसुधार कार्यालयको शाखा स्थापनाको माँग गर्दै तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषदले जारी गरेको बिज्ञप्ती खारेजीको माँग गर्दै मालपोत कार्यालय स्थापना सरोकार समितिले सिमरा बजार बन्द गर्दै राजमार्ग अवरोध गरी सिमराका बासिन्दा आन्दोलनमा उत्रिएका हुँन् ।
मन्त्री परिषदले गरेको पुरानैं निर्णय कार्यन्वन गर , हाम्रो आन्दोलन जारी छ , सिमरामा मालपोत कार्यालय स्थापना गर लगायतको बिभिन्न नारा लगाउँदै सिमराका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
यसरी पाँच दिन देखी भइरहेको शान्तिपूर्ण आन्दोलनलाइ सरकारले सम्बोधन नगरेको भन्दै आन्दोलनलाइ अझै सशक्त गराउँदै  आम हड्तालको घाषणा गरिएको मालपोत कार्यालय स्थापना सरोकार समिति सिमराका अध्यक्ष भोलाप्रसाद अधिकारीले बताए ।
आन्दोलनलाइ मध्य नजर गर्दै सिमरा चौकमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top