1

आज फागुन ६ गते बुधबार के–के भयो ?

- भारतबाट अवैधरुपमा ब्रोइलर कुखुराको चल्ला नेपाल ल्याउँदै गरेको अवस्थामा आज बिहान सात भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बहराइच जिल्लाको बलइ बजारबाट नेपाल ल्याउँदै गरिएको एक हजार २० वटा कुखुराका चल्लासहित सात भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले पक्राउ गरेको हो ।

- पर्सा प्रहरीले गएराति लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले भारतबाट नेपालतर्फ प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेको अवस्थामा बाराको कलैया नगरपालिका–३ का २५ वर्षीय युवक जीतेन्द्रराम चमारलाई पक्राउ गरेको हो ।

- कञ्चनपुरको महेन्द्रनगरमा रहेको कवर्डहलको पाँच बिघा जग्गामा लगाइएको उखु बालीमा मङ्गलबार आगलागी हुँदा लाखौँको नोक्सानी भएको छ ।

- चितवनको माडीमा आज बिहानै गैँडाको आक्रमणमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । माडी नगरपालिका– ५ धोवाहामा गैँडाले हानेर स्थानीय ४५ वर्षीय विफल महतोको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

- मिथिलाको कुम्भको रुपमा ख्याति प्राप्त १५ दिने मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । शताब्दीयौँदेखि पवित्र भूमिको परिक्रमा गर्ने चलनअनुरुप जनकपुरधामको परिक्रमा गर्ने श्रद्धाअनुसार मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो ।

- जिल्ला प्रहरी कार्यालय रुकुमले आठ किलो चरेससहित मुसिकोट नगरपालिका– १ बाट एक महिलालाई पक्राउ गरेको छ । स्यालापाखा गाविस–४ की अन्दाजी २८ वर्षीय चन्द्रकला बुढाथोकीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top