1

बन्दिपुरमा हरेक बर्ष पर्यटक बढ्दै


 पर्यटकीय क्षेत्रका रुपमा परिचित ऐतिहासिक स्थल बन्दिपुरमा पर्यटकको आगमन हरेक बर्ष बढ्दै गएको छ ।
सन् २०१४ मा एक लाख १२ हजार पर्यटक बन्दिपुर घुम्न आएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले जानकारी  दिनुभयो । ती पर्यटकमध्ये ९० हजार आन्तरिक र २२ हजार बाह्य पर्यटक थिए । त्यसमा आठ हजार भारतीय पर्यटक थिए ।त्यसैगरी, सन् २०१३ मा एक लाख पर्यटकले बन्दिपुर घुमेको तथ्याङ्क रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । हाल दैनिक २/३ सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको समितिले जनाएको छ ।

यसरी घुम्न आएका पर्यटकमध्ये अधिकांश बास बस्ने र विभिन्न जिल्लाबाट विद्यार्थीसमेत वनभोजका लागि आउने गर्नाले बन्दिपुर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । उक्त क्षेत्रमा पुराना शैलीका करिब दुई दर्जनभन्दा बढी होटल रहेका छन् । खान र बस्न सुविस्ता भएकाले यहाँ पर्यटकको आकर्षण बढेको हो । अध्यक्ष गुरुङले भन्नुभयो – यस क्षेत्रबाट अन्नपूर्ण, धौलागिरिलगायतका मनोरम हिमशृङ्खला एवम् हरिया डाँडाहरु सजिलै देख्न सकिने भएकाले पनि पर्यटकको आगमनमा वृद्धि भएको हो

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top