1

शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ । कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा ध्यान गरेर बसेका छन् । “शिवलिङ्ग, करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु यस वर्षका आकर्षण हुन, उच्चस्तरका करिब दश स्वामीहरु पनि आउनुभएको छ”पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए । उनका अनुसार यस वर्ष करिब ३ हजार ५०० सय साधुसन्त शिवरात्री मेलामा सहभागी हुँदैछन् । वनारसका पगलानाथ र आइरनबाबा पशुपतिमा आइसकेका छन् । वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ । रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि शुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए । बाह्र ज्योतिर्लिङग मध्येका महाज्योतिर्लिङ्ग पशुपतिनाथ मानिसलाई पशुभाव र पाश९बन्धन०बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् । “पशुपतिनाथ केदारनाथको शिर नै हुन् ”डा टण्डनले भने । हरिद्वारबाट आएका साधु नन्दीपालले आफू हरेक वर्ष मित्र साधुहरुसँग पशुपतिनाथ आउने गरेको बताए । “यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ”उनले भने ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top