0
प्रहरी हिरासतमा थुनुवाको मृत्यु
 असार–११
 जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी हिरासतमा रहेको १ थुनुवाको मृत्यु भएको छ ।सार्वजनिक अपराध मुद्धामा गत जेष्ठ २८ गते प्रकाउ परी अनुसन्धानको क्रममा हिरासतमा रहेका भरतपुर ९का किशोर दराईको छोरा १७ बर्षिय तेजस दराईको मृत्यु भएको हो ।
आज विहान १० बजेर ४० मिनेट जादा हिरासत कक्षमै अचानक बेहोस भई तत्काल उपचारको लागी भरतपुर अस्पताल लगिएको मा उपचारको क्रममै ११ बजेर ३० मीनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतको शव भरतपुर अस्पतालमा शब गृहमा राखिएको छ। मृतक तेजस दराई २०७० साल असार २२ गते लागु औषध सहित प्रकाउ परेको थियो । धरौटी १० हजार राख्न नसकी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top