सभाषदमा हिसांको आरोप
असार ३
तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् एवं पूर्वमन्त्री वृजेशकुमार गुप्ताविरुद्ध आफ्नै श्रीमतीमाथि ७ वर्षदेखि हिंसा गरेको अभियोग लागेको छ ।
सभासद् गुप्तामाथि उहाँकी श्रीमती संगीताले दाइजोको निहुँमा ७ वर्षदेखि निरन्तर घरेलु हिंसा गरेको अभियोग लगाउनुभएको हो । विवाहमा दाइजोस्वरुप स्कर्पियो गाडी नदिएको निहुँमा पति वृजेशले निरन्तर हिंसा गरेको संगिताको अभियोग छ ।
संगिताले विहिवार काठमाडौमा पत्रकार सम्मेलन गरी निरन्तरको हिंसा खप्न नसकेका कारण आफूले वाध्य भएर मुख खोलेको बताउनुभयो । गाडी नदिएको निहुँमा विवाहको चार महिनामा नै घरबाट निकालेको, नागरिकता नबनाइदिएको, विवाह दर्ता गर्न नमानेको, दवाब दिएर दुई पटक गर्भपतन गराएको संगिताको अभियोग छ । उहाँले ज्यान मार्ने धम्की र कुटपिट सहन नसकेपछि आफू वाध्य भएर माइत बसेको बताउनुभयो ।
कपिलवस्तुका वृजेशकुमार र भारतको मुम्बइकी संगीताबीच ७ वर्ष पहिले विवाह भएको हो । आफूविरुद्ध भएको हिंसाका बारेमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र तमलोपाका अध्यक्ष महन्त ठाकुरलाई जानकारी गराएपनि दुवैजनाले न्याय दिलाउन पहल नगरेको संगीताको भनाइ छ ।

संगिताको उजुरीपछि राष्ट्रिय महिला आयोगले उपस्थितिका लागि पटक पटक ताकेता गरेपनि सभासद् गुप्ताले अटेरी गर्दै आउनुभएको छ । गत संविधानसभाको निर्वाचनमा कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ बाट जीत हात पारेका गुप्ताले पहिलो संविधानसभामा कानून मन्त्रीको जिम्मेवारी समेत पाउनुभएको थियो ।
Post a Comment