0
 रमजान पर्व भोलि सुरु 
 ३ असार 
मुसलमानहरुको महान् धार्मिक ग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । यो एकदमै कठिन व्रत हो । 
 
सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा ९सेहहरि० खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । अवतारिक भनेको हलुका खानेकुरा हो । रोजाको समयमा मुसलमान निराहार बस्नुपर्छ । यहाँसम्मकी जानेर थुक पनि निल्नु हँुदैन । 
 
यसबाट खैनी, चुरोट, गुट्खा र पानजस्ता पदार्थका कुलतीले फजुल खर्चबाट जोगिन आफ्नो बानीमा परिवर्तन ल्याउन ठूलो अवसर पाउने गर्छन् । रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाँडेका छन् । 
 
पहिलो १० दिनको अवधिलाई बरक्कत ९फलिफलाप०, दोस्रो १० दिनको अवधिलाई रहमत ९दया–माया० र अन्तिम १० दिनको अवधिलाई मगफिरत ९अल्लाहबाट माफी० पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् । 
 
रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गर्छन् । तराबी नमाज २० रिकातको हुन्छ भने कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउँछन् । हाफिजले ३० दिनको अवधिमा ३० भाग रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ । 
 
यो नमाजबाट अल्लाह निकै खुसी हुने र मानव जाति तथा प्रकृतिको कल्याण हुने भएकाले तरावी नमाजलाई मुसलमानले निकै महत्वका रुपमा लिएको पाइन्छ । 
 
रमजान कुनै एक निश्चित महिनामा मात्र नभई प्रत्येक वर्ष १० दिन अघि सर्ने गर्छ जसले गर्दा १२ वर्ष उमेर पुगेका मानिसले ४८ वर्षको उमेरसम्ममा उसले सबै महिनाको रोजाको स्वाद पाइसक्छन् । रोजा नबस्ने मानिस समुदायमा घृणाका पात्र बन्छन् भने उनीहरु लुकीछिपीमात्र आहार गर्छन् । 
 
रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् । 
 
यसमा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात ९कर० निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय र दिनदुःखीलाई बाँड्नुपर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । यो नियम नेपालको मुसलमानका लागिमात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ । 
 
अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्छ । 
 
रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन् । 
 
अमिलो डकार आएमा, उल्टी भएमा, खानेकुरा मुखमा हालेमा, महिलाको महिनावारी भएमा, सम्भोग गरेमा रोजा टुट्ने भएकाले यस कुरामा धर्मावलम्बीले विशेष ख्याल गर्ने गर्छन् । 
 
तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउँछन् । एकले अर्कोलाई अँगालो मारेर इद मुवार एवम् बधाइ साटासाट गरी घरमा गएर मिठोमिठो खानेकुरा खाने गर्छन् । यो क्रम तीन दिनसम्म चल्छ । 
 
सुनसरी जिल्ला सोनापुर गाविसका हाजी मोहम्मद अव्दुलले भन्नुभयो, “रोजा मुसलमानका लागि निकै महत्वपूर्ण मानिएको छ । रोजा गर्दा मुसलमानको हरेक क्षेत्रमा उन्नति प्रगति हुने धार्मिक मान्यता भएकाले यसलाई हामीले इमान्दारीपूर्वक पालना गर्छौं ।” 
 
सुनसरीकै चाँदबेला निवासी मोहम्मद इनुसले वर्षको एक महिना रोजा बस्ने गर्दा मानिसमा तन्दुरुस्ती आउने, शरीर फूर्तिलो हुने र धर्मको नियम पनि पालना हुने भएकाले आफ्नो घरमा ससाना नानीबाहेक सबैले रोजा बस्दै आएको बताउनुभयो । 
 
झापा जिल्ला विर्तामोड निवासी हाजी सहिदुल हक भन्नुहुन्छ–“रमजान महिनामा जुन खुसी प्राप्त हुन्छ त्यो अरु कुनै काममा प्राप्त हँुदैन ।” महान् धार्मिक ग्रन्थ कुरान अवतरण भएको रमजान महिनालाई सामान्य भन्न नसकिने हकको दाबी छ । 
 
दुहवी निवासी गोपाल राजभण्डारीले भन्नुभयो, “मुसलमानको धार्मिक परम्परा निकै रमाइलो छ, शिक्षाको विकास सँगसँगै इस्लाम धर्मका धेरै कुरा जान्ने मौका पाएँ, जुन एकदमै राम्रो र सकारात्मक छ ।” 
 
मुसलमानको आस्था एवम् विश्वास बोकेको इद पर्वका अवसरमा सरकारले दिने सार्वजनिक विदाबाट मुसलमानको खुसी एवम् उत्साहमा वृद्धि भएको पाइन्छ । 

Post a Comment

 
Top