0
ओसिमको शव अस्पतालमै
 असार ११, 
 
गत माघमा हत्या भएकी नवलपरासी रामनगरकी ओसिम गुरुङको हत्यारालाई कारवाही नभए सम्म शव नउठाउने मृतकका परिवारले बताएका छन् । 
 
शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै मृतकका हजुरबुवा रुद्र बहादुर गुरुङले गत माघ २ गते कावासोतीका २० वषर््िाय  मनोज गुरुङ र उनका परिवारले मिलेमतोमा गरिएको निर्मम हत्या लाई आत्माहत्या भनि घटना लुकाएको भन्दै आरोपीलाई सजायको माग गरेका हुन् ।
 
मृतक ओसिमको शव गत माघ २ गतेदेखी भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।रामनगर २ नवलपरासी सुन्दरवस्तीकी १९ बर्षिय ओसिम पोखरा नर्सिङ क्याम्पसमा स्टार्फ नर्स तेसो्र बर्षमा अध्ययनरत रहेको र २०७१ साल पुष १८ गते घर आएको बेला उनका प्रेमी मनोजले घरमा बोलाई हत्या गरेको पिडित पक्षले जनाएको छ ।
 
२५ पुसमा घरबाट कावासोती आफना प्रेमी मनोज गुरुङको घरमा मनोजकी दिदि मोनिका गुरुङको जन्म दिन छ भनि बोलाएको र माघ २ गते हत्या भएको बताईको छ । हत्या पछि ईलाका प्रहरी कार्यालय सुनवलले छोरी विरामी भएको भन्दै राती १२ वजे खवर गरेको तथा पछि प्रकृति हेर्दा हत्या भएको भन्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिन खोज्दा नमानेपछि घटनामा प्रहरी प्रशासनको समेत संग्लनता रहेको आरोप पिडितले लगाएका छन् ।
 
हजुरबुवा गुरुङले जाहेरी दरखास्त लिन नमान्ने ईलाका प्रहरी कार्यलय कावासोतीका प्रहरी निरिक्षक हरि वहादुर बरुवाल, सई बाबुराम पुरी,  मुचुल्का तयार गर्ने जिल्ला प्रहरी कार्यालय चितवनका सुरेन्द्र धमला, असई पुर्ण बहादुर बस्नेत, पोष्टमार्टम गर्ने डाक्टर पवन शाह, डा, केशव राज भुर्तेल, डा. खेमराज पौडेललाई पनि कारवाहीको माग गर्नु भएको छ । घटना लुकाउन प्रशासनिक तथा राजनैतिक दवाव आएको छिमेकी प्रेमप्रसाद ढकालले बताउनु भयो ।

Post a Comment

 
Top