0
बोक्सीको आरोपमा महिला कुटिइन्
११ असार 
बोक्सीको अरोपमा एक युवकले महिलालाई कुटेका छन् । नवलपरासी कोल्हुवा –८ ढेडाकी ६९ बर्षीय सोमकुमारी महत्तोलाई सोही ठाउँका युवक लालबहदाुर थनेतले बोक्सीको आरोपमा कुटेर हात भाँचिदिएका हुन् । 
 
गए राति घरमा सुतिरहेकी महत्तोलाई  ढोका खोल्न लगाइ एक्कासी हातपात गरेको सोमकुमारीका छोरा कुलबहादुर महत्तोले बताउनु भयो  । बोक्सीको आरोपमा कुटिएपछि थनेतलाई कारबाहीको माग गर्दै प्रहरी चौकी कोल्हुवामा उजुरी परेको छ  ।
 
बोक्सीको अरोपमा कुटिएको भन्दै उजुरी आएको छ चौकीका इञ्चार्ज राजेन्द्र बस्नेतले भन्नुभयो–‘ अनुसन्धानबाट कामलाई अगाडि बढाइने छ ।’  कुटपिट गर्ने लालबहादुर  थनेत भने फरार रहेको प्रहरीले जनाएको छ । 
 
सोमकुमारीको मध्यविन्दु अस्पताल डण्डामा उपचार भएपछि घर फर्किएको परिवारले जनाएको छ । 

Post a Comment

 
Top