0
चमेलियामा शव
 ४ असार
 दार्चुलाको गोकुलेश्वरस्थित चमेलिया नदीमा एक अपरिचित पुरुषको शव बिहीबार भेटिएको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गोकुलेश्वर–२ देवलस्थित चमेलिया नदीको बीचमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो ।

स्थानीय बासिन्दाले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top