राष्ट्रिय गौरवका योजना अन्यौलमा
सरकारको नीति प्रभावकारी नभएका कारण बारामा निमार्ण हुने भनिएको राष्ट्रिय गौरवका ३ योजनाहरु अन्यौलमा परेको छ ।
फितलो नीति र लगानी अभावका कारण तीन वटै योजनाहरु बर्षौदेखि अन्यौलमा परेको हो । बाराको सिमरास्थित औराहमा निमार्ण गर्ने भनिएको बिशेष आर्थिक क्षेत्र (सेज) टांगियाबस्तिमा निमार्ण गर्ने भनिएको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल र निजगढमा प्रास्तावित फास्ट ट्याकको काम ओझेलमा परेको छ ।
सरकारको अपरिपक्क निर्णयका कारण लगानिकर्ताको पहिचान हुन नसक्दा अन्तराष्ट्रिय बिमानस्थल र फास्ट ट्याकको काम ओझेलमा परेको हो । गढीमाई नगरपालिका–१६ टांगियावस्तीमा अन्तराष्ट्रिय बिमानस्थल बन्ने हल्ला २० बर्ष अघिदेखि चलेको थियो । भने १० बर्षअघिदेखि फास्ट ट्याकको हल्ला चेलेको थियो ।
दुई ठुला योजनाको सरोकारवालाहरुले धेरै पटक स्थलगत निरीक्षण समेत गरिसकेका छन् । निरिक्षणका बाबजुत पनि दुई योजनाको काम हल्लामा समिति रहन पुगेको छ । दुई योजनाको काम छिटो शुरुवात गर्न २० बर्ष अघि एउटा सरोकार समितिको टोलि गठन गरिएको थियो ।
स्थानिय राजनितिक दलका प्रतिनिध, संघ संस्थाका व्यक्ति लगाएको उपस्थितिमा गठन गरिएको टोलिले सरकारलाई दबाद समेत दिएको थियो । सरोकार समितिका सदस्य समेत रहनुभएका साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्रिले सरकारले लगानीमैत्री वातारवरण सिर्जना गर्न नसक्दा दुई योजनाको काम अन्यौलमा परेको बताउनु भएको छ ।
टांगियाबस्तीका स्थानियहरुलाई उचित ठाउमा स्थानान्तरण गर्न नसक्नु पनि सरकारको मुख्य कमजोरी रहेको बताउनुभयो । सरकारले फास्ट ट्याकको काम अघि नबढेसम्म बिमानस्थल निमार्णको काम अघि नबढ्ने जनाएको छ । सकारात्मक सोचसंगको कुराकानीमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रि बिमलेन्द्र निधिले दुई योजनाको काम अब छिट्टै अघि बढ्ने दाबि गर्नुभयो ।
सेज पनि अन्यौलमा
गढिमाई नगरपालिकास्थित औराहमा निमार्ण गर्ने भनिएको सेजको काम पनि अलपत्र अवस्थामा परेको छ । सुकुमबासि समस्या र सरोकारवालको ढिलासुस्तिका कारण सेजको काम पनि अलपत्र परेको हो ।
सेजको तारबार लगाउने काम सकिएको छ । ए ग्रेडको काम सकिएको । सेज समितिका एक सदस्यले जानकारी दिए । सरकारले बजेट भाषणका क्रममा सेजको लागि प्रयाप्त मात्रामा रकम बिनियोजन गरेको बताए पनि यसको नीतिगत काम अगाडि बढ्न सेकेको छैन् ।
नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि सरकारले सेजको नीति ल्याएको हो । स्वदेशमा उत्पादन भएका बस्तुहरु विदेशमा निर्यात हुनाले बढि भन्दा बढि विदेशी मुद्रा आर्जन गरि देशलाई उन्नती तर्फ लैजाने सरकारको उदेश्यले रहेको छ । सेजसहितका तीन वटै योजनाको काम सुस्त गतिमा अघि बढेको भन्दै सरकोरवालाहरुले सरकारको आलोचना गर्दे आएका छन् ।

Post a Comment