रात्रीकालीन सेवा सुरु भएन्
आर्थिक तथा औद्योगिक नगरी वीरगञ्ज र यस क्षेत्रलाई हवाई मार्गबाट जोड्ने एकमात्र सिमरास्थित विमानस्थल लामो प्रतिक्षापछि रात्री अवतरणका लागि तयार भएको छ। रातमा विमान अवतरणका लागि विमानस्थलको स्तरोन्नती र परिक्षण सफल भएपछि विनास्थल व्यवस्थापन र सेवाप्रदायक बुद्ध एयर अनुमति पर्खेर बसेका छन्।
सिमरा विमानस्थलबाट रात्रीकालीन विमान सेवा सुरु गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी तथा व्यापारीले गर्दै आएका थिए। आवश्यक पर्ने पुर्वाधार तथा विद्युत प्रणालीको स्तरोन्नतीसंगै विद्युत नियन्त्रण तथा संकेतलाई कम्प्युटर नियन्त्रित प्रणालीमा लैजाने काम पुरा भएपछि विमानस्थल रात्री अवतरणका लागि तयार भएको हो। अढाई महिना अगाडि पुस १५ मा गरिएको विधिवत परीक्षण सफल भएपनि नागरिक उड्यान प्राधिकरणले विमानस्थल व्यवस्थापनलाई रात्रीकालीन उडान र अवतरण कार्यन्यवन निर्देशन नपठाएको कारण रात्रीकालीन उडन भने सुरु हुन सकेको छैन।
रात्रीकालीन अवतरणका लागि विमानस्थललाई आवश्यक हुने ‘डेडिकेटेड फिडर’ छुट्टै प्रसारण लाइन ‘बनाउन‘पोलु खम्बा‘ जडान र तार तान्ने कामको सम्झौतापछि निर्माण कम्पनिले नेपाल विद्युत प्राधिकरणबाट कार्यादेश पाइसकेको छ। लोडसेडिङमा विद्युत प्रसारण बन्द नहुनेगरी विमानस्थलको लागि ‘डेडिकेटेड फिडरु बनाउन लागिएको हो।रात्रीकालीन अवतरणका लागि रन–वे निर्धारण गरिएको छ।

Post a Comment