0

काठमाडौंको सडकमा शुक्रबार दिउँसो आंशिक प्रभाव पर्ने 

आषाढ ११ 
 नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी दातृ निकायका प्रतिनिधिहरु शुक्रबार स्वदेश फर्कने भएका छन् ।

यसक्रममा राजधानीका केही स्थानका सडकमा आशिंक प्रभाव पर्ने भएपनि सामान्यतः शुक्रबार बिहान सडक र सवारी सन्चालनको अवस्था भने सामान्य छ ।

विहीबार भएको सडक चेकजाँचका क्रममा विभिन्नकसुरमा ९ सय ५५ जना सवारीचालकलाई कारबाही गरिएको छ । जसमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने ५९ जनालाई कारबाही गरिएको छ ।

सडक तथा फुटपाथमा जथाभावी सवारी पार्किङ गर्ने १३ जना, लेन अनुशासन मिचेर सवारी चलाउने ३८, स्वरुप परिवर्तन गरेर सवारी चलाउने ४ जना सवारीचालकहरु विहीबार कारबाहीमा परेका छन ।

यस्तै, त्रिभुवन विमानस्थलबाट हुने अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरु शुक्रबार सामान्यरुपमा नै सन्चालन भैरहेका छन् । अन्तर्राष्ट्रियतर्फ शुक्रबार ६१ ओटा उडान हुनेछ भने आन्तरिकतर्फ ५७ ओटा उडान रहेका छन । शुक्रबार माउन्टेन फ्लाइट भने हुने छैन । ्

यस्तै, शुक्रबार काठमाडौं उपत्यकालगायत देशभरको मौसममा बदली हुनेछ । विशेषगरी अपरान्ह्पछि देशको पूर्वी तथा पश्चिमी भेगमा वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम २९ देखि ३० डिग्री सेल्सियसकाबीच रहने अनुमान गरीएको छ ।

Post a Comment

 
Top