0

​भूकम्पमा मृत्यु हुने यी १४ जना को हुन् ?

– विनाशकारी भूकम्पमा परी मृत्यु भएका मध्ये १४ जनाको अझै पहिचान हुन सकेको छैन । विभिन्न ठाउँमा भूकम्पमा परी मृत्यु भएका यी १४ जनाको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अलपत्र छन् । 




प्रहरीका अनुसार पहिचान नभएकामा ११ जना पुरुष र ३ जना महिला छन् । यसमा एकजना विदेशी महिला छिन् । पहिचान नभएका मृतकमा काठमाडौंमा फेला परेका ११ जना, रसुवा लामटाङमा फेला परेका दुईजना र भक्तपुरमा फेला परेका एकजना छन् । 

प्रहरीले सनाखत हुन नसकेका शवको फोटो, औठाछाप, डीएनएलगायतका अभिलेख राखेको छ । यी सबै शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

देशका विभिन्न भागमा बिनाशकारी भूकम्पमा परी ८ हजार ७ सय ८७ जनाको ज्यान गुमेको छ । भूकम्पमा परी २२ हजार ३ सय ४ जना घाइते भएका छन् । 
प्रहरीका अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय ३३, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ५ सय ३३, पश्चिम क्षेत्रमा ४ सय ६१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् । घाइते हुनेहरुमा उपत्यकामा १३ हजार १ सय ३, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७ हजार ४ सय ७०, पश्चिम क्षेत्रमा १ हजार २ सय ४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना छन् । 

विनाशकारी भूकम्पमा ज्यान गुमाउनेमा नेपाल प्रहरीका ६, नेपाली सेनाका ९, सशस्त्र प्रहरी बलका १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ८३ जना छन् । त्यस्तै घाइते हुनेमा नेपाल प्रहरीका १ सय ८३, नेपाली सेनाका ६ जना, सशस्त्र प्रहरी बलका ३२ र बिदेशी पर्यटक ५० जना छन् । 

Post a Comment

 
Top