0
ताप्लेजुङको पहिरोमा बेपत्ता भएकालाई मृत घोषणा गर्न माग
 ९ असार ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले पहिरोमा बेपत्ता भएकाको परिवारलाई पनि मृतकको सरह राहत र सेवा सुविधाका लागि सरकारसँग अनुरोध गरेको छ ।

गत जेठ २७ गते राति गएको पहिरोले जिल्लामा अझै २० जना बेपत्ता रहेका छन् ।

पहिरो गएको दिनदेखि लगातार खोजीकार्य जारी राख्दासमेत हालसम्म बेपत्ताको शव फेला नपरेपछि परिवारकै अनुरोधमा यस्तो माग गरिएको हो ।

हालसम्म पहिरोका कारण खोक्लिङमा चार र लिवाङमा १६ जना बेपत्ता रहेका छन् । मृतकका परिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले रकमसमेत वितरण भइसकेको छ भने बेपत्ताका परिवारले हालसम्म केही पाएका छैनन् । परिवारजनले भने बेपत्ता भएकाको काजकिरिया गरिसकेका छन् ।

Post a Comment

 
Top