0
बालक विद्यालय जान नमान्दा अपहरणको आशंका, सबैलाई हैरानी
 ९ असार 
आफ्नै अभिभावकले एक बालकलाई जबर्जस्ती विद्यालय पठाउने प्रयास गर्दा अपहरण भएको आशङ्कामा प्रहरी र अन्य अभिभावकले आज यहाँ तीन घन्टा हैरानी व्यहोर्नु प¥यो ।
झापाको भद्रपुर—१२ का लक्ष्मण कपुरीका १३ वर्षीय छोरा विशाललाई चन्द्रगढीस्थित प्रज्ञा एकेडेमीमा आज विहान ८ बजे स्कुल पु¥याउन मोटरसाइकलमा लानेक्रममा घरबाट जान नमानेपछि बालकका आफ्नै दाइहरुले बाइकको बीचमा राखेर लगेका थिए । अस्पतालमोड पुगेपछि बालकले चिच्याएर कराउन लाग्दा स्थानीयवासीले अपहरण भएको आशङ्कामा तत्काल प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै जिल्ला प्रहरी कार्यालय झापाले मातहतका प्रहरी युनिटलाई नाकाबन्दी गरेर बालकको खोजी गर्न निर्देशन दिए । स्कुलेबालक अपहरणमा परेको खबर सुन्नासाथ अभिभावकहरु आफ्ना नानीहरु हेर्न स्कुल पुगेका थिए । झापाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले हल्लाले हैरानी बनाएको तर अपहरण नभएको पुष्टि गर्नुभएको छ । बालकले विद्यालय जान मन नगरेपछि घर फर्काइएको थियो ।

Post a Comment

 
Top