0
बर्षाले  डुवानमा
११ असार 
. बिहीबार बेलुका देखी परेको अबिरल बर्षाले नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको छ । पानीको निकासको ब्यबस्था र नेपालगञ्ज नगरपालीकाले बेलैमा सजकता अपनाउन नसक्दा नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको हो ।
 
रातभर परेको बर्षा पछी नेपालगञ्जको धम्बोजी, सेतुबिक चोक, गणेशपुर, बाँकेगाँउ, घरबारीटोल, त्रिबेणीमोड, फुलटेग्रा लगाएतका स्थानहरु डुवानमा परेका छन । नगरका अधिकांस घरहरुमा पानी पसेको छ ।
 
नगरक्षेत्रमा पानीको निकासका लागी नेपालगञ्ज नगरपालीकाले  ब्यबस्था गर्न नसक्दा थोरै बर्षामा पनी डुवान भएको नेपालगञ्जबासीहरुले बताएका छन । नेपालगञ्जमा ढल निकासको काम तिब्र रुपमा भैरहेपनी निकासका लागी बेलैमा काम सम्पन्न गर्न नसक्दा अधिकांस भुभागहरु जलमग्न बनेका छन ।
 
ठाँउठाँउमा निर्माण कम्पनीहरुले नाला खनेर निकासको ब्यबस्था नगरिदिँदा झन धेरै डुवान भएको हो । जसका कारण स्थानीयहरुलाई झन धेरै सास्ती भैरहेको छ । नेपालगञ्जमा ढल निकास र सडक निर्काणका लागी कालिका कन्ट्रक्सन र पप्पु कन्ट्रक्सनले काम गरिरहेका छन ।

Post a Comment

 
Top