0
च्याउ खाँदा एकै परिवारका चार बिरामी
११ असार 
 म्याग्दीको बरंजा–२ मा जङ्गली च्याउ खाँदा एकै घरका चारजना बिरामी भएका छन् । बिहीबार दिउँसो गाउँ नजिकैको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाजा खाएका ७० वर्षीय तुलबहादुर थापा, उनका नातिहरु ११ वर्षीय योगेश, आठ वर्षीय अमन र सात वर्षीय राहुल थापा बिरामी भएका हुन् ।

 बिरामी चार जनाको मणिपाल शिक्षण अस्पताल पोखराको सघन उपचार कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि पोखरा पठाएको हो । 

Post a Comment

 
Top