0
दोलखा र ललितपुरमा परकम्प
 
 साँझ ६ बजेर २ मिनेट जाँदा दोलखा गौरीशङ्कर संरक्षण केन्द्र केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ । 
 
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आजै अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।
 
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्म चार रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको छ । 

Post a Comment

 
Top