0
वाग्मतीबाट २५ मेटन फोहर व्यवस्थापन
 १२ असार 
 
वाग्मती नदी सफाइ गर्ने क्रममा त्रिवि प्रवेशद्वार नजिक सुन्दरीघाट आसपास क्षेत्रबाट करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 
 
वाग्मती सफाइ महाअभियानको १११ औँ शृङ्खलाअन्तर्गत आज त्यस क्षेत्रको सफाइ भएको हो । 
मुख्यसचिव लीलामणि पौडेलले सबैको प्रयास तथा साथसहयोगबाट नदी अहिले सफा बन्दै गएको र महाअभियान सफल भएकाले यसलाई अझै निरन्तरता दिनुपर्ने बताउनुभयो । 
 
समाजसेवी मोहन बस्नेतले मानव सभ्यता र पहिचानसँग गाँसिएको वाग्मतीलाई स्वच्छ र सफा कायम गर्नुपर्नेमा जोड दिनुभयो । त्यहाँबाट विभिन्न किसिमका प्लास्टिक, सिसा, बोरा तथा जैविक फोहर व्यवस्थापन गरिएको काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले बताउनुभयो । 

Post a Comment

 
Top