यौन हिंसा पिडित पुरुषका लागि रेप क्लिनिक !
असार, ४
स्वीडेनको राजधानी स्टकहोममा यौन हिंसाका पिडित पुरुषहरुको लागि पहिलो ईमरजेन्सी क्लिनिक खुल्न लागेको छ ।
स्टकहोममा बल्लतकार पिडित महिलाहरुका लागि भने पहिलेदेखिनै क्लिनिक रहेको थियो ।यस क्लिनिकमा पिडितलाई आपतकालिन उपचार र अन्य सहयोग गरिने गरिएको छ । अव आगामी अक्टोबर महिनाबाट क्लिनिकमा यौन हिंसाका शिकार पुरुषहरुलाई समेत भर्ना गरिने छ ।
स्वीडेनका मिडियाहरु अनुसार स्वीडेनमा यस बर्ष पुरुष माथी भएका यौन हिंसा सम्बन्धि ३ सय ७० मामिला बाहिर आएको छ ।
Post a Comment