0
असार मसान्तभित्र नयाँ संबिधान असार मसान्तभित्र नयाँ संबिधान ः भट्टराई











 १२ असार 
 एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले असार मसान्तभित्र कुनै  पनि हालतमा संविधान जारी हुने दाबी गरेका छन् । असारभित्रै संविधान ल्याउन दहलरु तयार भएपनि आफूहरु नयाँ संविधानप्रति पूर्ण सन्तुष्ट भने नरहेको उनले बताए ।
 
क्रान्तिकारी पत्रकार संघ कास्कीद्धारा स्थापित तथा सञ्चालित थमन महेश पत्रकारित पुरस्कार बितरण समारोहमा शनिवार उनले भने ‘लोकतन्त्रमा सबैलाई सहमत बनाउन सम्भव छैन । १६ बुँदे सहमतिमा केहीको असन्तुष्टि रहेपनि संविधान जारी हुन्छ ।’
 
नयाँ संबिधानमा सबैको पूर्ण सहमति नरहेपनि बहुसंख्यक र यथेष्ट सहमतिनै पर्याप्त हुने उनले बताए । एमाओवादीले समाजवादी संविधान चाहेपनि अहिले आउन लागेको संविधान समावेशी खालको भएकोले आफ्नो पार्टी पूर्ण सन्तुष्ट नरहेको उनले स्पष्ट पारे ।
 
संविधानसभामा मस्यौदा पेश भएपछि जनतामा जाने भएकाले सबैले आफ्नो असन्तुष्टि व्यक्त गर्ने बाटो भने खुला रहेको उनले बताए । भट्टराईले मस्यौदा समितिले तयार गरेको संविधान जनतामा छलफलको लागि लगेर संविधानसभाले घोषणा गर्ने जानकारी दिए ।
 
अबको १८ दिनमा काम सिध्याएर संबिधान जारी हुनेमा ढुक्क रहन उनले सबैलाई आग्रह समेत गरेका छन् । संविधानमा राज्यको संख्या, सिमाङ्कन र नामाङकनको छिनोफानो पछि बन्ने आयोगले टुंगाउने नेता भट्टराईले बताए । उनले देश भूकम्पको चपेटाले संकटमा परेकोले चाडै संविधान बनाएर सबैजना नवनिर्माणमा जुट्नुपर्ने आबश्यकता औल्याए ।  
 
कार्यक्रममा थमन महेश पत्रकारित पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्ट सम्मानित भए । नेता भट्टराईले उनलाई नगद २५ हजार र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

Post a Comment

 
Top