0
अझै पाठ्यपुस्तक अभाव
 १२ असार 
 
 शैक्षिकसत्र सुरु भएको झन्डै दुई महिना बितिसक्दा पनि इलाममा अझै पर्याप्तरुपमा पाठ्यपुस्तक आउन सकेको छैन । 
 
शैक्षिकसत्रको सुरुवातमै विद्यार्थीको हात–हातमा पुस्तक पु¥याउने लक्ष्य राखिएपनि अझैसम्म पुस्तक पुग्न सकेको छैन । 
 
जिल्लामा समयमै पुस्तक पु¥याउन खुलेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको डिपोसमेत पुस्तक अपुग हुँदाहुँदै बन्द भइसकेको छ । 
 
तेह्रथुम बुक्स एन्ड स्टेसनरीका प्रबन्धक टङ्क धमलाले शैक्षिकसत्र सुरु भएयता जिल्लामा कक्षा ९ र १० को शिक्षा, अर्थशास्त्र पुस्तक एकैपटक नआएको बताउनुभयो । ‘जहिल्यै शिक्षा र अर्थशास्त्र पुस्तक अभाव हुन्छ, यी दुई विषयका पुस्तक अहिलेसम्म कहिल्यै पनि समयमा आउँदैनन्,’ धमलाले भन्नुभयो । 
 
कक्षा ९ को लेखा, कक्षा ८ को नेपाली एक हजार पाँच सय, अङ्ग्रेजी तीन÷चार सय, कक्षा ७ को पेसा व्यवसाय आठ सय थान पुस्तक अभाव छ । जिल्लामा रहेको साझा प्रकाशनको शाखा कार्यालय बन्द भएपछि जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा डिपो सञ्चालन गरेको थियो । डिपोले एक÷दुई पटक पुस्तक ल्याएर विद्यालयहरूमा वितरण गरेको थियो । त्यसपछि डिपो बन्द भएपछि अहिले पुस्तक अभाव देखिएको हो ।

Post a Comment

 
Top