0

‘मोस्ट वान्टेड’ लाई नेपाल फर्कन ओलीको निम्तो


– गत असार २ गते नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली ६ दिन बिताएर मंगलबार नेपाल फर्किका छन् । स्वास्थ्य परिक्षणका लागि मात्र भनिए पनि थाइल्याण्ड बसाईका क्रममा ओलीले केही महत्वपूर्ण भेटघाटहरु समेत गरेका छन् ।
यसैक्रममा तीन दिनअघि बैंककमा लञ्च कार्यक्रम आयोजित नेकपा–एमाले निकट एनआरएन र व्यापारीहरुसँग छलफल समेत गर्न भ्याएका छन् । त्यही छलफलमा नेपालबाट फरार रहेका एक व्यापारीसँग पनि ओलीको लामै छलफल भएको छ ।

वित्तिय संस्था तथा कयौं व्यक्तिहरुलाई ठगी गरि फरार रहेका ललित मण्डप ट्राभल्सका सञ्चालक सुरज शाक्यसँग छलफल गर्दै ओलीले उनलाई नेपाल फर्कन समेत सुझाव दिएका छन् । ‘तपाईंलाई त व्यापारमा निकै अप्ठ्यारो परेको रहेछ । तर यसरी लुकेर बस्ने होइन, नेपाल फर्कनुहोस् हामी प्रोटेक्सन गर्छौं,’ स्रोतले ओलीको भनाई उद्धृत गर्दै बतायो । ओलीले यतिबेला पर्यटन मन्त्री कृपाशुर शेर्पा रहेको र नेपालमा पुनः व्यवसाय सञ्चलान गर्न सहयोग गर्ने प्रतिबद्धता पनि दिएका थिए ।
ललितपुरका झण्डै एकदर्जन व्यक्तिहरुलाई शून्य मौज्दातको चेक दिएर शाक्य सम्पर्कविहिन भएका थिए। लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले पनि शाक्यको नाममा कर्जा चुक्ता गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । पाटन फाइनान्सको बोर्ड अफ डाइरेक्टरसमेत रहेका शाक्य निक्षेप दुरूपयोगको आरोपमा त्यहाँबाट पनि हटाइएका थिए। अत्यन्त सस्तो मूल्यमा विदेश भ्रमण गराउँदै निकै चर्चित बनेको ललित मण्डपमा शाक्यको लगानीको प्रतिफल घटेपछि र आफ्नो लगानी रहेको कम्पनी डुबेपछि उनी फरार थिए ।
यता, केपी ओलीका सहयोगी राजेश बर्जाचार्यले भने थाइल्याण्ड भ्रमणको क्रममा नेपाली राजदूतले आयोजना गरेको डिनरमा मात्र सहभागी बनेको र अन्य कुनै कार्यक्रममा सहभागी नभएको बताए ।
थाइल्याण्डको बुम्रन्ग्राड अस्पतालमा उपचार गराउन ओलीसँग यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि सँगै थिए । त्यसको साथै ओलीसँगै श्रीमती राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य पनि बैंकक पुगेका थिए ।

Post a Comment

 
Top