0
यन्त्र सञ्चालनमा वास्ता नगर्दा गण्डक नदीको सतह मापनमा समस्या
 १० असार 
 गण्डक नदीको पानी सतह मापन गर्न राखिएको यन्त्र सञ्चालनमा ल्याउन वास्ता नगर्दा वर्षायाममा पानीको सतह मापन गर्न समस्या भएको छ । जसले गर्दा विहिवार गण्डक नदीमा बढेको पानीको वहाव मापन गर्न सकिएन । स्थानीयले विहिवार गण्डक नदीमा पानीको वहाव बढेको जनाएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिको लापरवाहीका कारण यन्त्र सञ्चालनमा आउन नसकेको हो । जसले गर्दा पानीको सतह बढ्न जादा पूर्वतयारी सूचना दिन नसक्दा स्थानीयलाई सजग गराउन समस्या भएको छ । वर्षायाममा गण्डक नदीको पानीको सतह बढेपछि जोखिममा रहेका स्थानीयलाई पूर्व तयारीका लागी जानकारी दिई सजगता अपनाउन भन्दै जिल्ला प्रशासन कार्यालयमा ‘नारायणी नदी सतह मापन यन्त्र’ राखिएको छ । जिल्ला दैवि प्रकोप उद्दार समितिले रकम उपलव्ध नगराउँदा यन्त्र सञ्चालनमा आउन नसकेको हो । नदीका कारण दक्षिणभेगका १३ गाविस जोखिममा रहेपछि विपद व्यवस्थापन अन्र्तगत आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरेर स्थानीयलाई सम्भाव्य जोखिमका बारेमा जानकारी दिइदै आइएको थियो । केन्द्रमा जिल्ला प्रहरी कार्यालयका हवल्दारको नेतृत्वमा सुरक्षाकर्मीले सो बारे जानकारी दिदै आएका छन् । स्काइ र एनसेलको रिचार्ज कार्डबाट रकम जम्मा गरेपछि यन्त्र सञ्चालनमा आउने गरेको छ । तर गएको असोज महिनादेखि नै रिचार्ज सकिएकाले यन्त्र सञ्चालनमा आउन सकेको छैन । हप्तामा पाँचदेखि सातसय रुपैयाँ रिचार्जमा खर्च हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले रिचार्ज सकिएकाले यन्त्र बन्द भएको बताउनुभयो । ‘ एकदुई दिनमा रिचार्ज गर्ने व्यवस्था मिलाउने उहाँले बताउनुभयो । विहिवार गण्डक नदीमा सामान्य भेल आएको हो जोखिम नै हुने गरी सतह नबढेको उहाले बताउनुभयो । विपद् व्यवस्थापनमा रिचार्जका लागी रकम नभएकाले खरिद गर्न नसकिएको बताइएको छ । एक महिना अघि कालिगण्डकीमा आएको भेल पश्चात गण्डक नदीमा आएको पानीको सतहसमेत मापन गर्न सकिएको थिएन । पानीको सतह मापन गर्न देवघाटको नदी किनारमा मापन केन्द्र राखिएको छ । उक्त मापद केन्द्रले एनसेल र स्काईको टावरमा सम्पर्क जोडेर सदरमुकाम परासीमा राखिएको केन्द्रस्थित मापनमा सतहबारे जानकारी दिने गरेको छ । गण्डक नदीका कारण त्रिवेणीसुस्ता, रुपौलिया, पक्लिहवा, गुठिसूर्यपुरा, बैदौली, प्रतापपुर, कुडिया, ठुलोखैराटवा, रामनगर, सूर्यपुरा, बडहरादुबौलिया, दाउन्नेदेवी र सोमनी गाविसका स्थानीय जोखिममा छन् ।

Post a Comment

 
Top